राजु बोहरा–काठमाडौँ । स्थायी घर रामेछाप र हाल काठमान्डौमा रहेर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल बिबस बस्नेतको प्रस्तुति लोक दोहोरी गीत “पिरतीमा कर” भर्खरै मात्र सार्बजनिक भएको छ । यस क्षेत्रमा गरिएको लगानी बालुवामा पानि हालेजस्तो भैरहेको अहिलेको अवस्थामा बिबस जस्ता धेरै कलाकाहरुको त्यागले सिंगो सांगीतिक क्षेत्र धनि बनिरहेको अवस्था छ ।

बिबस भन्छन् , ब्यसाहिकता छैन भन्दै गीत संगीतमा लगानी गर्न छोडियो भने आफ्नै कला संस्कृति र मौलिकता भोलि एका देशको कथा हुन जान्छ । त्यसैले पनि मैले पठाएको यस गीतबाट आर्थिक लाभ भन्दा पनि आफ्ना शुभचिन्तक दर्शक तथा श्रोताहरुले हेरेर र सुनेर साथ दिउन् भन्ने चाहना हो । यसरी श्रोता तथा दर्शकहरुबाट प्राप्त भएको हौसलाले यस्तै गीतहरु क्रमस बजारमा ल्याउन हौसला मिल्ने उनि बताउँछन् ।

प्रस्तुत गीतमा बहुप्रतिभाका धनि कुमार कार्कीको रोमान्चक लय तथा शब्द सिर्जना रहेको छ । कुमार आफैमा मा पनि राम्रो गायक र मोडल हुन् । उनि द्वारा लय तथा शब्द सृजनाले भरिएको “पिरतीमा कर” बोलको गीतमा बिबस बस्नेत र मेलिना राईको सुमधुर स्वर सुन्न सकिन्छ ।गीतको रोमान्चक धार जस्तै म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेर अहिले डिजिटल बजारमा सार्बजनिक भैसकेको छ ।

भिडियोमा युबिन ढुंगाना र नायिका अप्सना थापाको अभिनय देख्न सकिन्छ । शिबम पोख्रेल द्वारा निर्देशित भिडियोलाई छायांकन अजय रेग्मी र सम्पादन अभिनयक एम सेरचनले गरेका छन् । हामी यस गीत संग सम्बन्धि सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया