गत शुक्रबारबाट शैली थिएटरमा नयाँ नाटक ‘विवाहको प्रस्ताव’को मञ्चन सुरु भएको छ । यो नाटकलाई नवराज बुढाथोकीले निर्देशन गरेका छन् । शैली थिएटर र रुसी सांकृतिक केन्द्रको प्रस्तुतीमा तयार भएको यो नाटक माघ १० गतेसम्म मञ्चन हुनेछ ।

यो नाटकले विवाहको लागि झुटो बोल्ने प्रचलनमाथि व्यङ्गय गरेको छ । रुसी साहित्यकार एन्टोन चेखबले लेखेको ‘दि म्यारिज पर्पोजल’लाई नेपालीकरण गरेर नाटकलाई तयार गरिएको छ । विवाह र विवाहको प्रस्तावको विषयलाई नाटकमा कमेडी शैलीमा प्रस्तुत गरिएको छ नाटकमा पात्रहरुले गलत काम गरिरहेका हुन्छन् । नाटकमा सशांक बोहरा, स्नेहा पौडेल, सुवास सुवेदीको अनुहार देखिन्छ भने देबेन्द्र बब्लु, भारती रिजाल, रोबिन तामाङ, बिशाल घिमिरे, दिप्ती पौडेल, निर्भिक भट्टराई, रुपक काफ्ले र सन्तोष बराइली माक्स लगाएर मञ्चमा देखिन्छन् । नाटक बुधवार बाहेक हरेक दिन साँझ ४:५० मा मञ्चन हुने छ भने शनिवार अतिरिक्त सो दिउँसो १ बजे पनि मञ्चन गरिने छ । बीचबीचमा उनीहरुको असली हर्कत देखिन्छ ।

तपाईको प्रतिक्रिया