काठमाडौं, ८ माघ । चर्चामा आइरहने गायिका ज्योति मगर यसपटक फेरि विवादमा परेकी छिन् । दरबारमार्गस्थित एक रेष्टुरेण्टका कामदारसँग अभद्र व्यवहार गरेको विषयले चर्चामा आएकी हुन् ।

ज्योतिसहित एकजना केटा र अर्की केटीले सातहजारको मदिरा र सितन खाए । पैाि तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दैैै ज्योतिले लफडा झिकिन् । रेष्टुरेण्टका कामदारले दरबारमार्ग प्रहरीमा खरब गरे । प्रहरीले अभद्र व्यवहारमा मुद्दा चल्न सक्ने भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरिन् । घटना जयनेपाल रोडमा रहेको किङ्स प्यालेस लाउञ्ज बारमा भएको हो । एक साता अघिको यो घटनापछि ज्योतिले यसबारे आफू उल्टो पीडित भएको बताएको उल्लेख छ ।

मगरका अनुसार उनका साथीहरुमाथि कामदारले हातपात गरेका गिथए । मुद्दा हाल्दा उल्टै इज्जतमा दाग लाग्छ भनेर चुप बसेको उनको दाबी रहेको छ । –जनआस्था साप्ताहिकबाट

तपाईको प्रतिक्रिया