काठमाडौं – ब्राजिलियन मोडेल तथा अभिनेत्री ब्रुना अब्दुल्लाले पानी भित्रै छोरी जन्माएकी छिन् । उनले केहि दिन अघि पानीभित्र छोरी जन्माएकी हुन् । आफुले छोरीलाई पानी भित्र जन्माएको बारे ब्रुना आफैले बताएकी हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफुले पानीमा छोरीलाई जन्म दिएको बताएकी हुन् ।

उनले पतिसँगको एउटा तस्वीर शेयर गर्दै आफुले पानीभित्र बच्चा जन्माएको बताएकी हुन् । उक्त तस्वीरमा उनले लेखेकी छिन् ‘मैले गर्भवती हुनुभन्दा पहिले नै यो सोचेकी थिएँ कि आफ्नो बच्चालाई पानीभित्र जन्माउन सकूँ ।

म चाहन्थेँ मेरो बच्चा यो दुनियाँमा कुनै औषधीको सहयोगले होइन, प्राकृतिक रुपमा आउन सकोस् । म एउटा शान्त ठाउँ खोजिरहेकी थिएँ ।’ उनले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर शेयर गर्दे भनेकी छिन् ‘मैले मेरो बच्चालाई तातो पानीभित्र पति, आमा तथा डाक्टरको सहयोगले जन्माएँ । मैले जे चाहेकी थिएँ, त्यही भयो ।’

तपाईको प्रतिक्रिया