काठमाडौं – चर्चित हास्यकलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । हास्यकलाकार तथा गायक हरिवंश आचार्य र टिका प्रसाईको सुमधुर स्वरमा ‘म त परे माकुरीको जालमा परेर’ बोलको गीत बुधबार सार्वजनिक भएको हो ।बुधबार एक कार्यक्रम आयोजना गरी हास्यकलाकार तथा गायक हरिवंश आचार्यले महसंचार युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द हिरण्य भोजपुरेको रहेको छ भने संगित हरिशरणको रहेको छ । गीतको भिडियोमा हास्यकलाकार हरिवंश आचार्य र गायिका टिका प्रसाई देखिएका छन् । गीतको भिडियोमा आराध्या लक्ष्मी खड्कीको निर्देशन रहेको छ ।

तपाईको प्रतिक्रिया