काठमाडौ । अभिनेता नवल खड्का एमसिसीका बारेमा बोलेका छन् । उनले एमसीसी पास नगर्न आग्रह गरेका छन् । उनले जन चाहना विपरित एमसिसीलाई जस्केलाबाट छिराई सदनमा पास गराउँन खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनले एक संघीय प्रतिनिधि सभाका माननीय सदस्यलाई पत्र लेख्दै यस्तो आपत्ति जनाएका हुन् । उनले लेखेको संघीय प्रतिनिधि सभाका माननीय सदस्यलाई लखेको खुल्ला अनुरोधपत्र जस्तोको तस्तै ः

श्री संघीय प्रतिनिधि सभाका माननीय सदस्य
नयाँ बानेश्वर, काठमाडौं, नेपाल ।
बिषयः खुल्ला अनुरोधपत्र ।

माननीयहरुः
सर्वप्रथम सरकारको नीति तथा कार्यक्रममा उल्लेखित लिम्पियाधुरा सहितको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य छ । यसै अनुरुप संविधानमा भएको नक्सासमेतलाई सच्याउन विलम्ब गरिनु हुँदैन । साथै अब नेपाली जनताले राष्ट्रलाई महाशक्तिको क्रिडास्थल बन्न दिनु हुँदैन भन्ने चाहना विपरित एमसिसीलाई जस्केलाबाट छिराई सदनमा पास गराउँन खोजिएकोमा आपत्ति जनाउँछु ।
माननीयहरुलाई विदितै छ– नेपाल कहिल्यै कसैको उपनिवेश बनेन । तर, शासकहरुका स्वार्थका कारणले खासगरी सुगौंली सन्धीपछि व्रिटिस अधिनस्थ भारत र हालको भारतीय शासकहरुको हेपाईले आक्रान्त भईरह्यो । जुन हाल भइरहेका अनेकन घट्नाहरुले सम्झाईरहन्छ । हाल भारतीय पक्षले हाम्रो सीमाभित्र निर्माण गर्दै गरेको बाटोले पुराना सम्झनाहरुलाई बल्झाएको छ ।

यो मुलुकको एकिकरणमा हाम्रा सवै जातजाति जनजातिका पुर्खाहरुले रगत बगाएका छन्। देशको सिमाना कायम गर्नका लागि हाम्रा हजारौं हजार वीर पुर्खाले पानी पिउन नपाएर प्याक प्याक्ति हुँदै अङ्ग्रेज फिरङ्गीहरुको तोप, बारूदसंग लडेका छन्। यसरी आर्जेको मुलुक हो हाम्रा पुर्खाका पसिना र रगतले आर्जेको भूमि हो। तर आज भारतीय पक्षहरुबाट भइरहेका बारबारका प्रयाशहरुबाट हाम्रो मुलुको सीमा कायम नरहने अवस्था बन्दैछ। यसकारण मुलुकको सार्वभौमिकता र आत्मसम्मान रक्षार्थ देशका सम्पूर्ण नेता, राजनीतिक पाटिै, एवं नागरिक एकबद्ध हुनु पर्ने बेला भएको छ। जसको आह्वान र संकल्प संघीय प्रतिनिधि सभाका माननीय सदस्यहरुले गर्नु पर्नेछ ।
यसर्थ माननीय सांसदहरुलाई मुलुकको सार्वभौमिकता र आत्मसम्मान रक्षार्थ निम्नलिखित मागहरुलाई सम्वोधन गरिदिनु हुन खुल्ला अनुरोधपत्र पेश गर्दछु ।
१, एमसीसी आयोजनालाई यथास्थितिमा पारित गरिनु हुँदैन। राष्ट्रको अपमान र नेकपाको केन्द्रिय कमिटिको निर्णयलाई कुल्चदै झ्यालबाट छिराउने प्रयाशप्रति दुस्ख ब्यक्त गर्दै एमसिसिबारेको नेकपाको सुझाव कमिटिले औंल्याएका र विदेशी सेना नआउने, नेपालकै संविधान, नियम, कानुन मुताविक कार्यसम्पादन हुने प्रष्ट बूँदा लगायत राष्ट्रको स्वाभामिनलाई उँचो हुने अवस्थामा मात्र यसलाई पारित गर्न सबै माननीय संसदहरुलाई अनुरोध गर्छु।
२, सरकारको नीति तथा कार्यक्रममा उल्लेखित लिम्पियाधुरा सहितको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य छ। यसै अनुरुप संविधानमा भएको नक्सासमेतलाई सच्याउन विलम्ब गरिनु हुँदैन।
३, सिमानाका बिषयमा कुटनैतिक वार्ता दुईपक्ष, आवश्यक परे वा स्वीकारेमा त्रिपक्ष ९भारत,चिन, नेपाल० बाट समस्या समाधान गरिनु उचित हो तर यसका लागि भारतीय पक्ष तयार नहुन सक्छ। यसर्थ अन्तर्राष्ट्रिय अदालतमा जाने मार्ग प्रशस्त गरिनु पर्छ।
४, सरकारको नीति तथा कार्यक्रममा उल्लेखित कोरोना महामारी बिरूद्ध केन्दित हुने बिषय स्वागतयोग्य छ र यसमा प्रभाकारी ढङ्गबाट स्वास्थ्य उपचार र ब्यबस्थित राहतको माग गर्दछु ।
५, भष्टाचार प्रति शुन्यसहनशीलता कार्यमा रुपान्तरण भई, अपराधिलाई शसक्त कार्बाहिको माग गद्र्छु।
६, श्रमिक, श्रमजीवी, बेरोजगारीका लागि, रोजगारी र विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल ल्याउने उचित ब्यबस्था तुरुन्तै गरियोस्।
७, १८ बर्षमाथिका सम्पूर्ण नेपालीलाई सैनिक तालिम अनिवार्य दिने ब्यबस्था गरियोस ।
८, विवाद नभएका सीमाक्षेत्रमा सिमानामा काँडेतार लगाउन शुरु गरियोस ।
निवेदकः
सिमानामा काँडेतार अभियानको तर्फबाट अभियन्ताः नायक तथा निर्माता नवल खडका ।

तपाईको प्रतिक्रिया