समय बलवान छ, सही समय अनुसार आफुलाई व्यवस्थापन गर्न सके असंभव र असफल भने शब्द सायद छैनन् । गलत समयमा सही तरिकाले आफुलाई व्यवस्थापन गर्ने र योजना अगाडी बढाउने हो भनेपनि त्यहाँ संभव र सफलता पर धकेलिन्छ ।
नेपाली फिल्म क्षेत्र र यस भित्रका केही फिल्मकर्मी अहिले यस्तै मारमा परेका छन् । पिजडाँमा थुनेको सुगालाई धेरै समयको अन्तरालमा छोड्ने हो भने त्यसले एकै पटकमा धेरै माईल तय गर्न सक्दैन । मानिसहरुमा पनि यो नियम लागु हुन्छ । एउटा मान्छेलाई एक्लै एउटा कोठामा धेरै समय बन्दी बनाईयो भने ती मान्छेहरु अचम्म असमान्य प्रकृतिका व्यवहारहरु प्रस्तुत गर्न थाल्छन् ।
अहिलेको अवस्थामा फिल्म क्षेत्र र केही फिल्मकर्मीमा यस्तै समस्या आइपरेको हो । कोरोना भाइरसका कारण देश लकडाउनमा छ । झण्डै चार महिनाको लामो लकडाउनमा मानीस एक ठाउँबाट अर्को ठाउँमा जान पाएका छैनन् । लकडाउन पहिले समय व्यवस्थापन गर्न नसकेकाहरु अहिले समय कटाउन उकुसमुकुस अवस्थामा रहन वाध्य छन् ।
म अग्लो ठाउँमा छु, तलतिर हिलो छ्यापेको हुँ भन्नु मुर्खता हो । हिलो छ्याप्दा त्यो हिलो आफुलाई पनि लाग्छ र आफु पनि हिलाम्मे हुन्छु भन्ने सोच्नु पर्छ । त्यसैले हिलो छ्याप्ने हैन, साँचिकै पिडामा कोही परेका छन् भने उचित समयमै कानुनी प्रक्रियामा जाने हो । न्यायिक समितिमा जाने हो । जहाँ न्याय पनि मिल्न र आफु पनि सुरक्षित हुन्छ । अबपनि केही फिल्मकर्मी र कलाकारहरुले यस्तो व्यवहार प्रस्तुत गरिराखे फिल्म क्षेत्र जति दुर्गन्धित र असभ्य अरु कुनै क्षेत्र हुदैन । त्यसैले सम्बन्धित फिल्मकर्मी, कलाकार र निकायले यस वारे सोच्न जरुरी छ ।
पहिले रंगीन दुनियाँमा लाईमलाईटमा रहँदा साना–साना कुरामा खुशीहुनेहरु अहिले डिप्रेशनको शिरका हुने अवस्थामा पुगेका छन् । त्यसमा भने मानीसको सोचमा भर पर्ने गर्छ । जुन कुराले पहिले आफुलाई महत्व दियो त्यो कुरा पछि पाएन र रितियो भने मानिसमा पिडा र छटपट्टि बढ्न थाल्छ, त्यसपछि विस्तारै डिप्रशेनको शिकार हुनपुग्छ ।
कतिपय त्यो डिप्रेशनलाई बाहिर निकाल्न सक्दैनन् भने कतिले फरक व्यवहार र आचरण प्रस्तुत गर्छन् । कोही भने अस्वभाविक रुपमा प्रस्तुत हुने गर्छन् । कतिपय मानीसहरु भने चारैतिर आफ्नो महत्व बढ्दा अहंमता प्रस्तुत गर्ने गर्छन् । हो अहिले फिल्म क्षेत्रमा जति पनि कुराहरु सतहमा आएको देखिन्छ, त्यो दुईटा कारणले हो । पहिलो, लकडाउनको बीचमा कोही डिप्रशेनमा छन्, दोश्रो कोहीमा अहंमता बढिरहेको छ ।
पछिल्लो समय केही फिल्मकर्मीहरुको व्यवहारमा यस्तै परिवर्तन आएको छ । यो समय के हो रु मैले के बोल्नु पर्छ रु यस्तो समयमा के कुरा प्रथामिकता पर्छ रु समयलाई कसरी व्यवस्थापन गर्ने रु यस्ता कुरामा केही फिल्मकर्मीले आफुलाई प्रस्तुत गर्न जानेनन् ।
कतिपयले आफ्नो करिअर समाप्त हुदै गएपछि, फिल्मी क्षेत्रमा स्थान हराउँदै गएपछि अनावश्यक अभियान चलाउनु, कतिपयले म नै सबथोक हुँ, मैले गलत नै बोलेपनि केही हुन्न भन्ने अहंमता प्रस्तुत गर्नु, कतिपयले अनावश्यक समयमा विवादित अभिव्यक्ति गलत तरिकाले दिनु जस्ता हर्कतहरु पछिल्लो समय फिल्म क्षेत्रमा देखिएका छन् ।
यसको मतलब सबै गलत हुन् भन्ने होइन । तर समय अनुसार भन्ने चल्न नजानेकै हुन् । कसैले आफुलाई परेको पिडा सहनुपर्छ भन्ने पनि होइन । त्यसलाई पनि प्रस्तुत गर्ने तरिका र उपायहरु छन् । सामाजिक सञ्जाल नै सर्वोच्च अदालत होइन । फैसला भई नै हाल्ने । केही नायिकाहरुले कुनै अभियान चलाए, भलै राम्रो योजना र लक्ष्य सहित चलाएका थिए होलान् ।
तर, अहिले अभियानले जे गरिरहेका छन्, त्यो राम्रो हैन । उनीहरुमा म त सकिएँ फिल्म क्षेत्रमा, अब अरुलाई पनि सकाउनुपर्छ भन्ने मान्यतामा छन् भने त्यो गलत हो । केही कलाकारहरुले विवादित कुराहरु अभिव्यक्तिका रुपमा बोलिरहेका छन्, त्यो आवश्यक छैन र बोल्नु पनि हुन्न । त्यस्ता कलाकारहरुमा अहंमता बढेको देखिन्छ ।
जो आफुले बर्षौंदेखि साँच्चै पिडा भोगेको छु, बोल्न सकेको छैन भनेर अहिले लगातार बोलीरहेका छन् । त्यो एउटा नयाँ समस्या हो । देखावटी समस्या हो । पारी जे भयो, वारी पनि त्यहीँ हुनुपर्छ भन्ने छैन । त्यसको लागि समय र स्थान मिल्न सक्नुपर्छ । त्यो अनुसार प्रमाण सहित प्रस्तुत हुन सक्नुपर्छ ।
नेपालका लागि सामाजिक सञ्जाल के हो रु त्यो चर्चा गरिराख्न जरुरी छैन । सामाजिक सञ्जालमा वाक्नेहरुलाई कतिपयले दर्जा प्रस्तुत गर्ने गर्छन् । कुनै पनि व्यक्तिको सामाजिक सञ्जाल त्यसको अर्को एउटा व्यवहार पनि हो । त्यहाँ जे प्रस्तुत गर्यो । त्यति नै उसको क्षमता र बुझाई रहन्छ ।
त्यसैले पछिल्लो समय फिल्म क्षेत्रमा हिलो छ्याप्ने काम भईरहेको छ । म अग्लो ठाउँमा छु, तलतिर हिलो छ्यापेको हुँ भन्नु मुर्खता हो । हिलो छ्याप्दा त्यो हिलो आफुलाई पनि लाग्छ र आफु पनि हिलाम्मे हुन्छु भन्ने सोच्नु पर्छ । त्यसैले हिलो छ्याप्ने हैन, साँचिकै पिडामा कोही परेका छन् भने उचित समयमै कानुनी प्रक्रियामा जाने हो ।
न्यायिक समितिमा जाने हो । जहाँ न्याय पनि मिल्न र आफु पनि सुरक्षित हुन्छ । अबपनि केही फिल्मकर्मी र कलाकारहरुले यस्तो व्यवहार प्रस्तुत गरिराखे फिल्म क्षेत्र जति दुर्गन्धित र असभ्य अरु कुनै क्षेत्र हुदैन । त्यसैले सम्बन्धित फिल्मकर्मी, कलाकार र निकायले यस वारे सोच्न जरुरी छ ।
आफुलाई समय अनुसार परिवर्तन गर्न सक्नुपर्छ । लकडाउनको समयमा एक्लै बसेका, पिडामा रहेका र डिप्रेशनमा रहेकाहरुलाई काउन्सेलिङको आवश्यकता भएको छ । सम्बन्धित निकायको यसमा ध्यान जान जरुरी छ । आफुले पनि आफैलाई सकरात्मक सोचसँगै परिवर्तन गर्न जरुरी छ ।
फिल्म क्षेत्र अब सकिइहाल्ने होइन, लकडाउनपछि पुनः शुरु हुनेछ । भोली फेरि हिजोका दिनहरु जस्तै नयाँ आयामहरु आउने छन् । आफुलाई अझ बलियो र सशक्त रुपमा अगाडी बढाउनु पर्नेछ । स्वर्णिम दिनले प्रतिक्षा गरिरहेको हुनेछ । त्यसलै अहिले नै वर्वाद हुने र सकिने होइन, भोलीका लागि सिक्ने र सिकाउन तल्लिन हुन आवश्यक छ । ताकि व्यक्तिगत कुण्ठा, रिस र आवेग प्रस्तुत गर्नु मात्र समाधान होइन ।
स्रोत फिल्मी फण्डा