प्रोटिन, फाइबर, पोटासियम, फास्फोरस, म्याग्नेशियम र भिटामिन ईका फाइदाहरूसहित बदामले स्वास्थ्यमा विभिन्न प्रकारको फाइदाहरू प्रदान गर्छ ।

sadf
बदामको सेवनले छालालाई स्वस्थ राख्न, हृदय रोगहरू लाग्ने दर कम गर्न, क्यान्सरको जोखिम कम गर्न र रक्तचापको स्तरलाई कम गर्न मद्दत गर्दछ ।

तर, कुनै पनि अन्य स्वस्थ खाना जस्तै, बदामको अधिक मात्राको सेवन स्वास्थ्यको लागि राम्रो हुँदैन । बदामको सेवनले ग्यास्ट्रोइन्टेस्टाइनल समस्याहरू निम्त्याउन सक्छ ।

केही व्यक्तिहरू तथा केही स्वास्थ्यमा समस्या भएका ब्यक्तिहरूले अस्थायी रूपमा बदाम खानु हुँदैन ।

कब्जियतका समस्या भएकाहरू, रक्तचाप र एन्टिबायोटिक औषधिको सेवन गरिरहेका व्यक्तिहरूले पनि आहारमा बदाम समावेश गर्नुअघि उनीहरूको डाईटिसियनसँग छलफल गर्न आवश्यक हुन्छ ।

स्वाभाविक रूपमा मुट्ठीभर बदामले ०.६ मिलिग्राम म्याग्नेसियम प्रदान गर्छ ।

यो दैनिक शरीरलाई चाहिनेभन्दा २७ प्रतिशत धेरै हो ।

धेरै बदामको सेवनले म्याग्नेसियमयुक्त आहारको शीर्षमा ड्रग अन्तर्क्रियालाई असर गर्न सक्छ ।

कुनै प्रकारको एलर्जी, सुन्निने र बदाम खाएपछि सास फेर्न गाह्रो भएको खण्डमा बदामको सेवन गर्न छोड्नु पर्छ ।

बदामको सेवले एनाफिलेक्सिस निम्त्याउन सक्छ, जुन जीवनको लागि खतरासमेत हुन सक्छ । बदाम खानेबित्तिकै केही समस्या भएमा तुरुन्त डाक्टरसँग परामर्श लिनुपर्छ ।

साना केटाकेटीहरू र केही पाको उमेरका व्यक्तिहरू, जसलाई निल्न गाह्रो हुन्छ उनीहरूले पनि बदामको सेवन गर्नु हुँदैन ।

किनकि यसले अड्किने जस्ता जोखिमलाई बढाउन सक्छ । डिमेन्सिया, पार्किन्सन्स रोग र कम हिँड्डुल गर्ने व्यक्तिहरूलाई सास फेर्न गार्हो हुने उच्च जोखिम हुन सक्छ ।

बदाममा भिटामिन ई को अत्यधिक मात्रा हुन्छ । २८ ग्राम बदाममा ७.४ मिलीग्राम भिटामिन ई हुन्छ र यो पोषकको मानव शरीरमा दैनिक आवश्यकता १५ मिलिग्राम मात्र हो ।

भिटामिन ई पहिलाबाट सेवन गरिरहेका ब्यक्तिहरूले अत्यधिक बदामको सेवन गर्नाले भिटामिन ई अधिक मात्रा हुन सक्छ ।

भिटामिन ईको मात्रा धेरै भएमा सुस्त हुने, धमिलो देख्ने, टाउको दुख्ने, पखाला, तथा पेट फुल्ने जस्ता समस्या हुन सक्छ ।

तपाईको प्रतिक्रिया