राजन भण्डारी : पातलो शरिरलाई फाटेका लुगाहरुले ढाकेर विपन्न र अविकसित जनताका निम्ति कुर्कुच्चाको छाला च्यातेर पच्चिस रुपैयाका तने चप्पल लगाएर छल्दि खोलाका बगरै बगर हिड्रदै, अगलुट्ठको घनघोर जंगलमा पानीका मुहानहरु खोज्दै हिड्ने ऋषिमुनिहरुको अवतार जस्तो लाग्ने आदरणीय स्वर्गीय बुबा चन्द्रकान्त अर्याल साच्चै नै गुल्मेली जनताका धन्वन्तरि ऋषि हुनुहुन्थ्यो । प्रकृति माताले दिएका हजारौ उपहारहरुलाई आपनो पोल्टामा बटुलेर मानव जातिलाई बाड्ने ति महापुरुष स्वर्गवाट यस धर्तिमा अरुकै निम्ति केहि गर्न जन्मिएका हुन् भन्ने आभास मिल्दछ । गुल्मेली जनताहरु संग विना भेदभाव जिवन विताउने सरल, स्वच्छ र कर्मशिल व्यक्तित्वको नाम हो चन्द्रकान्त अर्याल यी अनुच्छेदहरु चन्द्रकान्त अर्यालको स्मृतिग्रन्थ महान आत्मालाई दुइ शब्द शिर्षकमा साविकका इस्मा रजस्थल—४ का माधव प्रसादको लेखवाट उद्दरण गरिएको हो ।

पिताम्बर अर्याल, गुल्मी जिल्लाका तत्काल चर्चित समाजसेवीको रुपमा नाम  चिनिने  चन्द्रकान्त अर्यालका कान्छा छोरा हुन  । चन्द्रकान्त कुनै पाटिको  कार्यकर्ता भएपनि त राजनीति भन्दा बढी रेडक्रसको जिल्ला सभापति हुँदा उनले गरेका मानवीय सेवाका कार्यले उनलाई विकासप्रेमी को रुपमा परिचित बनाएको थियो । सानै  देखि बुवाको सामाजिक  सेवाभावलाई  अबलोकन गरिरहेका पिताम्बर अर्याल,  बुबाको सामाजिक कार्यलाई सधै गौरबता पूर्ण तरिकाले लिन्थे र आफुले पनि  जोखिममा रहेका समुदायका लागी कुनै न कुनै तरिकाले बिपतको बेला सघाउने, सामाजिक अभियन्ता बन्ने बन्ने सपना बुनेका थिए।

नि.मा.वि. सम्मको अध्ययन गाउँकै अर्जै नि.मा.वि (हाल अर्जै उच्च मा.बि. बाट पुरा गरी हिमालय मा.बि.धुर्कोट बस्तु बाट ८, ९, १० कक्षा पुरा गरे । जिल्ला सदरमुकाम तम्घासबाट ए.एल.सी. परिक्षामा राम्रो अंक ल्याएर पास गरेपछि उनको ईच्छा डाक्टर बन्ने थियो, प्रयास पनि गरे तर छात्रबृत्तिमा नाम निस्केन । त्यसपछि डाक्टर पढ्ने उनको धोको अधुरै रह्यो । समाज सेवाका क्षेत्रमा वुवाको हरेक कार्य सम्पादन पछि लिइने सकारात्मक सोच मानस पटलमा बोकेका   अर्याल अठोटका साथ अगाडि बढे ।’ बिशेष गरि डाक्टर बन्न नपाएपनि स्वास्थ्य क्षेत्रबाट आफूलाई अगाडी बढाउनुपर्छ भनेर जनस्वास्थ्य विषय (पब्लिक हेल्थ) पढे ।

त्रिभुवन विश्वविद्यालयबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकत्तोर गरेका उनले  विपद्को अवस्थामा स्वास्थ्य सेवाको व्यवस्थापन कोर्स जोन्सहप्किन्स विश्वविद्यालयवाट पूरा गरे । साथै उनले प्राथमिक स्वास्थ्य व्यवस्थापन कोर्ष थाईल्याण्डको महिडोल विश्वविद्यालयवाट गरेपछि पुनः सरुवारोग नियन्त्रण र भाईरोलोजी सम्बन्धी अध्ययन जापानको ओसाका विश्वविद्यालयवाट गरे । फेरी जनस्वास्थ्य विषयमा स्नातकत्तोर (एमपिएच) गर्न फेलोसिपमै पुरा गरे । नेदरल्याण्डसको रोयल ट्रपिकल ईष्टिच्यूटबाट अध्ययन गरी  उक्त विषयमा थप अध्ययन बेल्जियम, जर्मनी र लण्डनमा गरे । उनले हार्वड विश्वविद्यालय अमेरिकावाट विपद् तथा सशत्र द्वन्दमा मानव प्रतिकार्य सम्बन्धि अध्ययन गरे र विपद् व्यवस्थापन विषयमा पोष्ट ग्र्याजुएट डिब्लोमा गरे  । समाजशान्त्रमा स्नातकत्तोर र काननमा स्नातक समेत गरेका छन् ।

रेडक्रसको यात्रा
स्नातक तहको पढाई काठमाडौबाट पूरा गरेपछि खुला प्रतियोगीता वाट विकास अधिकृतकको पदमा सिन्धुलीमा पदस्थापना भयो र उक्त पदवाट काम शुरु गरेका अर्याल भन्छन् ‘त्यो नै कोशेढुंगा सावित भयो, जसले यो क्षेत्रमा पुयायो । सेवा प्रवेशको रुपमा सिन्धुली जिल्लामा सामुदायिक विकास परियोजनामा ३ वर्ष विकास अधिकृतको रुपमा काम गरेपछि उनको सरुवा ने.रे.सै. केन्द्रिय कार्यालय काठमाण्डौंमा भयो । केन्द्रिय कार्यालयमा आईसकेपछी यूवा विभागमा प्रजनन स्वास्थ्य कार्यक्रम व्यवस्थापकको रुपमा काम गरे । संस्थाले लिने लिखित परीक्षामा प्रथम स्थानमा उर्तिण भई निर्देशकको रुपमा छनौट भए । त्यसपछि प्रजनन स्वास्थ्य तथा एच।आई।भि।एड्सको कार्यक्रम सञ्चालन गर्दै गर्दा रेडक्रसको अन्तराष्ट्रिय महासंघले दिल्लीमा बसेर क्षेत्रीय प्रमुखको रुपमा काम गर्नको लागि छनौट गर्यो ।

क्षेत्रीय प्रमुखको रुपमा सार्क क्षेत्र अन्तर्गत श्रीलंका, बंगलादेश, भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल र माल्दिभ्सका राष्ट्रिय रेडक्रस र रेडक्रिसेण्ट सोसाईटीहरुको क्षमता अभिबृद्धि गर्ने अवसर पाएका उनी त्यो गर्दागर्दै अध्ययनका लागि यूरोप गए । जनस्वास्थ्य विषयमा स्नातकत्तोर  अध्ययन गरी आईसकेपछी उनलाई नेपाल रेडक्रसले स्वास्थ्य सेवा विभागको निर्देशकको रुपमा उनलाई छनौट गयो । त्यसपछि रेडक्रसको अन्तराष्ट्रिय महासंघले अफगानिस्तानमा स्वास्थ्य कार्यक्रमको प्रमुखको रुपमा काम गर्नका लागि खटायो । फर्केपछि पुनः नेपाल रेडक्रस सोसाईटिको विपद् व्यवस्थापन विभागमा निर्देशकको रुपमा काम गरे । । राष्ट्रिय अन्तरष्ट्रिय स्तरमा दजर्नौ कार्यपत्रहरु प्रस्तुत गरेका उनले अहिलेसम्म करीव ६० देशको भम्रण समेत गरेका छन् । । त्यसपछि यूएनडिपीको विपद व्यवस्थापन सम्बन्धी समूदायमा आधारित विपद् जोखिम न्यूनिकरण (सि.डी.आर.एम.पि.) कार्यक्रमको राष्ट्रिय कार्यक्रम व्यवस्थापक (National Program Manager ) को रुपमा काम गरे । डेनिस रेडक्रसवाट Program Delegate को रुपमा यमनमा र पछि रेडक्रसको अन्र्तराष्ट्रिय महासंघको देशिय प्रमुखको रुपमा यमनमा काम गर्नु भएको छ । उनीसंग रेडक्रसको अन्तराष्ट्रिय महासंघको Middle East and North Africa (MENA) Regional office df Disaster and Crisis, Preparedness, Response and Recovery (DCPRR) विपद तथा संकट पुर्वतयारी, प्रतिकार्य र पुर्नस्थापना एकाईको प्रमुखको रुपमा काम गरेको अनुभव छ । त्यस पछि उहा आपनै देशमा सेवा गर्ने सोच र उद्देश्य राखी नेपाल फर्कि सके पछि नेपाल स्थित क्यानेडियन रेडक्रसमा नेपाल प्रमुखको रुपमा समेत काम गरेका छन् ।

अर्याललाई अवसर र चुनौती

समुदाय देखि केन्द्रसम्म फेलिएको  सस्थामा रहेर मानबिय सेवा कर्मको सारथि बनेका अर्याललाई सबैको साथ रहेको देखिन्छ । परिवर्तनको आसा राखेका रेडक्रसमा  निस्वार्थ भावना राख्ने पदाधिकारी, सदस्य रेड्क्रसको चिन्हमात्र  लगाएर अहोरात्र खटिदा गर्व गर्ने  स्वयम् सेवकलाई , नयाँ कामको शुरुवात नयाँ मानसिकता र विचार वाट गर्नु पर्छ भन्ने भावना बोकेका अर्याल बिधमान  परिस्थितिमा सस्थालाई कसरी निकास दिनुुहुन्छ, यो सोचनिय विषय हो । युरोपका शासक र जनताको सम्वन्ध  लाई उच्च शिक्षा हासिल गर्ने बेलामा नजिकैबाट नियालेका  अर्यालले सस्थाका पदाधिकारी,कर्मचारी र सस्थाको लागि निस्वार्थ खटीने स्वयसेवक परिचालन  गरि नया नेतृत्व दिनु निकै चुनौतिपुर्ण छ तथापी उहांका प्रतिवद्धता र राम्रो सुविधा भएको जागीर छोडेर सेवामा प्रवेश गर्नुले उहांमा संस्थालाई नयां उचाई दिने तिव्र ईच्छा भएको प्रष्ट हुन्छ । सक्छन सक्दैन यो नि हैर्ने बाकी छ । नेपालको ७७ जिल्लामा एक लाख पचास हजार भन्दा बढि स्वयमसेवकहरु परिचालन गर्न सक्ने संस्थाको महामन्त्री जस्तो गरिमामय पदमा छनोट हुनुभएको पिताम्बर अर्याल लाई नेपाल रेडक्रस सोसाइटीको छविलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा थप पहिचानमुखि बनाउनका लागी प्रशस्तै संभावनाहरु देखिन्छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा काम गरिसक्नु भएका अर्याललार्इृ नेपाल सरकार तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका साझेदार निकायहरु संग समन्वय र सहकार्य गर्न थप सहयोग पुग्ने देखिन्छ ।

रेडक्रसमा विगत केहि समय देखि देखिएको सक्रमणकालिन अवस्थाको अत्य गर्नूका संस्थामा सुशासन,पारदर्शिता, जवाफदेहिताको कायम गर्नाका साथै आकस्मिक सेवाहरु जस्तो रक्तसंचार सेवा, एम्बुलेन्स संञ्चालनका लागि नेपाल सरकारवाट प्रत्यक्ष आर्थिक सहयोग नभएको अवस्थामा सेवाहरुलाई थप प्रभावकारी रुपमा संञ्चालनका लागी चुनौतिपुर्ण देखिन्छ ।

विगतमा नेपाल रेडक्रस सोसाइटीमा विपद व्यवस्थापन विभागको निर्देशकको रुपमा कार्यरत रहदा नेपाल सरकार संगको प्रभावकारी समन्वयमा सोसाइटीको संस्थागत विकासमा उहाले गरेको काम भावि पूस्ताका लागि अनुकरणीय र संस्थाको इतिहासमा अतुलनिय योगदानको रुपमा रहने उहांसंग काम गरेका कर्मचारीहरु बताउछन् । अन्तराष्ट्रिय स्तरको पहिचान वनाई सकेका हाल नेपाल स्थित क्यानेडियन रेडक्रसकोे प्रमुखको रुपमा आकर्षक सेवा सुविधालाई समेत छोडेर, धैर्यताका साथ कडा परिश्रम गर्यो भने असम्भव छैन भन्ने मान्यता राख्ने,   रेड्क्रसलाई  जागिर भन्दा मानवीय सेवाले हेर्ने  अर्याल अहिले सबै सुबिधाका जागिर छाडेर नेपाल आई सस्थाको  सक्रमणकालिन अवस्था र देखिएको खाडल पुर्नमा  नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्न सफलता मिलोस, दक्षिण एसियामा सवल र सफल राष्ट्रिय सोसाइटीको पहिचान कायम रहोस र मानबिय सेवामा विगतमा जस्तै उहाको कार्य कुशलता देख्न पाइओस, सफल कार्यकालको हार्दिक शुभकामना । जय रेडक्रस

तपाईको प्रतिक्रिया