वि.सं.२०७८ साल बैसाख १० गते शुक्रबार । ईश्वी सन् २०२१ अप्रिल २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि– एकादशी,३० घडी १९ पला,बेलुकी ०७ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– पूर्वाफाल्गुनी,५३ घडी ४८ पला,रातको ०३ बजेर ०५ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–वृद्धि,१४ घडी १० पला,बिहान ११ बजेर १४ मिनेट उप्रान्त ध्रुव । करण– वणिज,बिहान ०६ बजेर १८ मिनेट उप्रान्त भद्रा,बेलुकी ०५ बजेर ४२ मिनेट उप्रान्त बव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी २६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । साझपख मामा तथा मावलीसँग सामान्य विवाद हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । छाति सम्बन्धि समयस्या पिरोल्न सक्छ ध्यान दिनुहोला । राजनिति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । प्रेममा अबिश्वास हुन सक्छ ध्यान दिनुहोला । साझपख पढाई लेखाईमा समय तथा ध्यान दिन सके सफलता हात लाग्नेछ । कृषि तथा सहकारि व्यावसायलाई भने समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभे लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त,छिमेकी तथा दाजुभाई सँग साना तथा घरायसि कुरामा राज बाजिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँनेछ छैनन भने विवादमा सामेल नहुनु होला । माया प्रेममा अबिश्वास बढ्नेछ भने जीवन साथि सँग घरायसि कुरामा मनमुटाब सिर्जना हुने सम्छ ध्यान दिनुहोला । खेलकुद क्षेत्रमा सहभागि हुनेहरुका लागि समय मध्ययम रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । नोकरिमा बढुवा, प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ भने नसोचेको ठाउबाट धन आगमन हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ । साझपख बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ । आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनिति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु थातिनै रहनेछन् । राज्यको बिभिन्न पदमा बस्नेहरुले समयमा काम नगर्दिनाले कामहरु थाति रहनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । साझपख समय राम्रो रहेकोले पैत्रिक धन सम्पतीकोे प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सन्तोषजनक नै रहनेछ । साझपख समय राम्रो रहेकोले धार्मिक यात्रा हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । साझपख समय राम्रो रहेकोले भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

०००

साप्ताहिक राशिफल : बैसाख ०५ गते आईतबारदेखी बैसाख ११ गते शनिबारसम्मको

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बोलेर गर्ने कुनै पनि पशा व्यावसाय फस्टाएर जानेछ । समय अनुशार बिचार सिर्जना गर्न सकिने हुदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । सोमबार साझबाट समय मध्ययम रहेकोले गलत लेखाई अथवा गलत बुझाईलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने भएपनि वढिनै उत्साहित हुन खोन्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । पुराना कामहरु छोड्नाले आउँने रकम आउँने छैनन् । आफन्त तथा आमा सँग मनमुटाब बढ्ने योग रहेकोछ भने टाडिएर लामो दुरिको यात्रा गर्नु पदा मन दुखि हुनेछ । घर जग्गाको खरिद बिक्रि गर्दा जा सवारि चलाउदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । कृषि तथा पशुपालन व्यावसायभ ने फस्टाएर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

सोमबार दिउँसो सम्मको समय मध्ययम रहेकोले स्वास्थ्यमा आउँने समस्याका कारण कामहरु प्रभावित हुनेछन् । आत्मबल तथा मनोबल कमजोर हुने हुदा आटिला तथा पराक्रमि क्रिर्याकलापमा पछि परिनेछ । समाजमा तपाईको कामको आलोचना हुनेछ । आफन्त तथा पुर्वजहरुसँग सामान्य कुरामा पनि ठुलै मतभेद रहनेछ । सोमबार साझबाट समय राम्रो रहेकोले व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुँनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउँन सकिनेछ । पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । आफन्तबाट भनेजस्तो सहयोग पाईने हुँदा काम गर्न सहज हुँनेछ । हप्ताको अन्तमा छोटो दुरिको यात्रा हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

बुधबार दिउँसो सम्मको समय मध्ययम रहेकोले स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुँनेछ । बुधबार साझबाट समय राम्रो रहेकोले व्यावसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरि धन तथा सम्पति संग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक बाताबरणमा रमाउदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्ययम बाट धेरै कामहरु गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

हप्ताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुँनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । सोमबार साझबाट बुधबार दिउँसोसम्मको समय मध्ययम रहेकोले आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानि बढाउँने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ । आफन्त तथा मित्रहरुको सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । राम्रो काम गरि समाजमा नाम कमाउँन सकिनेछ । सवारि साधन लाभ हुने योग रहेकोछ । बिहिबारबाट समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

समय राम्रो रहेकोले प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि प्रशस्त रुपैया पैसा कमाउँन सकिने तथा आर्थिक रुपमा सबल हुँने ग्रहयोग रहेकोछ । भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुँने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)

सोमबार दिउँसो सम्मको समय मध्ययम रहेकोले कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । दिदि बहिनिहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखि टाडिन सक्छन् । सोमबार साझबाट समय राम्रो रहेकोले कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ । रोजगारिको शिलशिलामा नया गन्तब्य पहिल्याउन सकिनेछ । नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबित मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगति गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

हप्ताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यावसायकै सन्द्रर्भमा लामो दुरिको व्यावसायिक यात्रा हुनेछ । एकल तथा साझेदारी व्यावसाय फस्टाएर जाने योग रहेकोछ । यात्रा तथा पर्यटकिय व्यावसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागि भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछ । सोमबार साझबाट सम्मको समय मध्ययम रहेकोले अनाबश्यक बिषयमा बिवादमा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आई दैनि कामहरु प्रभावित हुने हुनाले आर्थिक संकटको सामना गर्नु पर्नेछ । आफन्त तथा दिदि बहिनी सँग सामान्य कुरामा मनमुटा बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यावसायमा प्रशस्त आम्दानि हुने तथा पुराना कारोबारहरुलाई सल्टाउँने समय रहेकोछ । सत्रुले दुख दिन खोजे पनि अन्तत उनिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । बिवाद तथा न्यायिक निर्णयहरुबाट हुने सुनुवाई तपाईकै पक्षमा हुने हुनाले मन प्रशन्न हुनेछ । आर्थिक पक्ष बलियो रहने हुनाले जिवन शैलि बिलाशि रहनेछ । नयाँ काम गरि आम्दानि बढाउँन सकिनेछ भने भौतिक सम्पति तथा स्थाई सम्पति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुदा मन प्रशन्न रहनेछ । रमाईलो यात्राको तय गर्न सकिनेछ । परिवार सँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसि रहनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउदै अगि बढ्न सकिनेछ । बिहिबारबाट समय मध्ययम रहेकोले ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रीय घट्ना नघट्ला भन्न सकिन्न ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिले तपाईको काममा सहयोग गर्ने हुदा समयमानै काम सकाउँन सकिनेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ भने विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरि मनग्गे आम्दानि गर्न सकिनेछ । साझेदारि व्यावसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । सोमबार साझबाट बुधबार दिउँसो सम्मको समय मध्ययम रहेकोले मनोरञ्जनमा अलमलिदा लक्ष्य प्राप्तीमा बिलम्ब हुनेछ । आफन्त तथा साथभाईहरु सँग बिवाद बढ्नेछ । सत्रुहरु लाग्नेछन् भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सोमबार दिउँसो सम्मको समय मध्ययम रहेकोले माया प्रेममा अबिश्वास सिर्जना हुँनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुँनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गरेपनि पद प्रतिष्ठा नपाईने हुँनाले मन खिन्न हुँनेछ । तापनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । सोमबार साझबाट समय राम्रो रहेकोले मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । शरिर स्वास्थ्य रहने हुनाले राम्रा काम गरि दाम कमाउँन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तव्य भेटाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । सोमबार साझबाट बुधबार साझ सम्मको समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाति सम्बन्धि समस्या बढ्नेछ । सवारि साधन चलाउदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस ।

तपाईको प्रतिक्रिया