क्यान्सर पिडित बस्नेतलाई लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी द्वारा रु एकाउन्न हजार (५१,०००)आर्थिक सहयोग गरिएको छ। दोलखा जिल्ला सैलुङ्ग गाउपालिका वडा न.७ स्थायी घर भएकी ६३ बर्षीय शान्ता देबी बस्नेत बिगत लामो समय देखि क्यान्सर पिडित भएर आर्थिक अभाब झेलिरहेकी थिइन्। पाठेघरको क्यान्सर बाट पिडित बनेकी शान्त माया बस्नेत आर्थिक अभाबमा उपचारमा कठिनाइ भोग्दै आएकी छिन।

लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी सक्रिय रुपमा सामाजिक कार्यमा अगाडि बढेको लायन्स क्लब हो। क्लबकि अध्यक्ष दुर्गा बिसुराल, क्लस्टर चिफ टंकनाथ पौडेल, रिजन चेयरपर्सन राजेश बिसुराल, जि एल टी कोर्डिनेटर भुपराज काफ्ले, सदस्य दोय लायन नविन उप्रेती लायन पुर्णिमा उप्रेतीको उपस्थितिमा क्यान्सर पिडित बस्नेतलाइ रु-एकाउन्न हजार नगद हस्तान्तरण गरिएको थियो।

लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरीले यसरि घरमा नै आएर सहयोग गरेकामा आफु चाडै निको हुने बिश्वास लिंदै सबैलाई धन्यबाद समेत पिडित बस्नेतले दीइन भने अन्य समाजसेवीहरु बाट पनि सहयोगको अपेक्षा राखेकी छिन।

तपाईको प्रतिक्रिया