काठमाडौँ – राजधानीमा सम्पन्न दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा समाजसेवी ज्योति घिमिरे “राष्ट्रिय समाजसेवी सम्मान-२०७८ द्वारा सम्मानित भएकी छिन। बिगत लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्मानित गरिएको थियो। नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा दोसल्ला ओडाएर तथा सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो।

दुख पिडामा परेका असाहय, अनाथ, बृद-वृदा, बालबालिकाहरुलाई सहयोग प्रदान गर्दै आएकी ज्योतिले भुकम्प, बाडी-पिडित र कोभिडको महामारीमा समेत उत्तिकै सहयोग गर्दै आएकी थिइन्। उनको सहयोगी भाबको कारणले हजारौ पिडितलाइ गास बास कपासको ब्यबस्था हुँदै आएको र सम्बृद नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको उच्च मुल्यांकन गर्दै समाजसेवी ज्योति घिमिरेलाइ माननीय मन्त्रि लगायत अन्य बिशिष्ठ व्यक्तित्व मार्फत “राष्ट्रिय समाजसेवी सम्मान-२०७८” प्रदान गरिएको थियो।

कार्यक्रममा संघीय सभासद् माननीय सुजाता परियार, वरिष्ठ निर्देशक, लेखक एवं गीतकार नीर शाह,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडा, पूर्व सेनापति राजेन्द्र क्षेत्री, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र नृत्य कलाकार संघका कार्यवाहक अध्यक्ष जनक कार्की, नेपाल चलचित्र संघका महासचिव गोपालकाजी कायस्थ, चलचित्र सेन्सर बोर्डका सदस्य राजेश महर्जन लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया