काठमाडौं –नेहा मंजु गुरुङ फाउण्डेसन द्वारा क्यान्सर पिडित सुजाता श्रेष्ठलाइ रु.८२,०००(बयासी हजार) आर्थिक सहयोग गरिएको छ। अमेरिका निवासी समाजसेवी तथा श्री सत्य साइ इन्टरनेसनल अर्गाइनेसन इजराइलको पुर्ब अपाध्यक्ष सुर्य सिम्खडाले उक्त सहयोग रकम बिरामीलाई हस्तान्तरण गरेका थिए। आर्थिक अबस्था अतिनै दयनिय भएर क्यान्सर रोग संग लडिरहेकी र उपचार गर्न कठिनाइ भोगीरहेकी सुजाता श्रेष्ठलाइ नेहा मंजु गुरुङ फाउण्डेसन तथा संस्थाकि अध्यक्ष नेहा मंजु गुरुङ साइरमको संयोजकत्वमा संकलित द्वारा रु.८२,०००(बयासी हजार) नगद रकम पिडितलाइ एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ।

ईजराईल निवासी समाजसेवीहरु नेहा मंजु गुरुङ, ५०१ सकेल, स्वस्थानी श्रेष्ठ, १०० सकेल, मंजु घिमिरे १०१ सकेल, तारा पोखरेल ५१ सकेल, मुना बजगाई १०१ सकेल, दिपा लामा १०० सकेल, फेभिज सेख ९० सकेल, मनु श्रेष्ठ ५१ सकेल, सुनिता श्रेष्ठ ५१ सकेल, लक्ष्मी बास्कोटा ५१ सकेल, आशा लामा १०१ सकेल, सुरेश क्षेत्रि १०१ सकेल, ईशा भण्डारी ५१ सकेल, उर्मिला अधिकारि ५१ सकेल, रुपा शाही १०१ सकेल, सारधा रिजाल १०० सकेल, सुरभी चापागाईं १०० सकेल, योजना कोइराला ५१ सकेल र नेपाल बाट समाजसेवी प्रतिभा निरौला रु. १०,००० र सुर्य सिम्खडाले रु.५,००० नगद संकलन गरि हस्तान्तरण गरिएको थियो।

बिगत लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी बरिष्ठ समाजसेवी नेहा मंजु गुरुङ आध्यात्मिक व्यक्तित्व समेत हुन्। श्री सत्य साइ सिमलचौर सेन्टर पोखराकि संस्थापक अध्यक्ष, श्री सत्य साइ इन्टरनेसनल अर्गाइनेसन इजराइलको अध्यक्ष समेत रहेकी नेहा मंजु फाउण्डेसनकि संस्थापक अध्यक्ष नेहाले नेहा मंजु फाउण्डेसन मार्फत भर्खरै मात्र अर्का २ जना मृगौला पिडितलाइ नगद रु, ५०,००० र रु. ५५,००० सहयोग गरेकी थिइन् भने नेपालमा रहेका दर्जनौ अनाथ आश्रमहरुमा आर्थिक, खाद्यान्न, शैक्षिक सामग्री, लत्ता कपडा लगायातका सामग्रीहरु सहयोग गर्दै आएको छ। भबिष्यमा पनि समाजसेवामा निरन्तर लागिरहने र दुखि पिडितको सेवामा लागि रहने कुरा समाजसेवी तथा नेहा मंजु फाउण्डेसनकि अध्यक्ष नेहा मंजु गुरुङले जानकारी गराईन।

तपाईको प्रतिक्रिया