लेखक एंव साहित्यकार कविराज काल्तान काभ्रे जिल्लाको मङगलाटार २ थाक्लेमा बुवा इन्द्रबहादुर तामाङ र आमा कान्छीमाया तामाङको कोखबाट बि।सं। २०४६ असार १५ गते जन्मनु भएको हो ।समाजिक एंव समसमायिक विषय वस्तुलाई मर्मिक ढंगले लेख्न सक्ने एक प्रगतिशिल लेखक हुन् । तामाङ इतिहासकै कुरा गर्ने हो भने तामाङ भाषामा कलम चलाउने लेखक कमै छन् । ती मध्ये कविराज तामाङ पनि एक हुन् । उनी तामाङ सहित्यकारमध्ये एक अब्बल सहित्यकार मानिन्छ ।

बिशेष गरि तामाङ साहित्यमा कलम चलाउदै आउनु भएको तामाङ आफ्नो संस्कृति र रहनसहनको जगेर्नाको निम्ति आवाज उटाउने साहित्यकारको रुपमा परिचित हुनुहुन्छ ।
सानै उमेरदेखि साहित्य बिधामा रुचि राख्ने, साहित्यिक पुस्तक पढ्ने र गाउने तामाङ एस.एल.सी सम्म गाउँमै पढेर उच्च शिक्षा हासिल गर्नको लागि काभ्रेको मंगलटार थाक्लेबाट काठमाडौ प्रबेश गर्नु भयो । तामाङले साहित्य क्षेत्र नै आफ्नो लागि एक अमुल्य अंक भइसकेकोले यसै क्षेत्रमा निरन्तर लागि रहने बताउनु भयो ।

जीवन संघर्षको रुपमा लिने तामाङले तामाङ भाषाको रेडियो कार्यक्रम सञ्चालन गरि आफ्नो समुदायको हक अधिकारको कुरा मात्र उठाएनन् सिङ्गो तामाङ जातिको चेतनालार्इ ब्युजाउने काम गर्नु भयो । साहित्य लेखनकै क्रममा आफुले रचना गरेको साहित्य र भाबनाहरुलाई आफुले सङ्कलन गरि काल्तानले पहिलो पटक वि.स. २०७० सालमा (याङ चिट्ठी संंंंङ्ग्रह) प्रकाशित गर्नु भएको थियो । त्यसैगरी वि.स. २०७१ सालमा (चाबा हाइकु संग्रह) बजारमा ल्याउनु भएको थियो ।

तामाङ इतिहासकै कुरा गर्ने हो भने तामाङ भाषामा कलम चलाउने लेखक कमै छन् । ती मध्ये कविराज तामाङ पनि एक हुन् । तामाङको चिट्ठी सङ्ग्रह तामाङ इतिहासको चिट्ठी संग्रह मध्ये दोस्रो स्थानमा पर्दछ । दुख ,सुख र वेदनासंगै समाजिक परिवेशमा लेखेको उक्त पुस्तक अहिले पनि बजारमा लोकप्रिय मानिन्छ । यी पुस्तकहरु अहिले पनि बजारमा उपलब्ध रहेको छ । साहित्यिक यात्राको क्रममा पछिल्लो समयमा हाकु पक्कु बाल कविता संग्रह ल्याउनु भएको छ । बाल मष्तीस्कलाई राम्ररी केलाउन सक्षम तामाङको कबिता संग्रह नेपाली र तामाङ भाषा दुबैमा उपलब्ध रहेको छ ।

अतः कविराज काल्तान तामाङको साहित्यिक यात्राले अझै शिखर चुमेको देख्न पाओस् । सिङ्गो नेपाली र तामाङ जातिको मन मुटुमा रहन सफल रहुन साथै थप साहित्यका पुस्तक पढ्न पाइयोस् । यसका लागि शुभकामना छ ।

तपाईको प्रतिक्रिया