‘फूल यो चुँडेर’ सार्वजनिक
काठमाडौं । यही चैत १७ गते अर्थात मार्च ३१ बाट रिलिज हुने फिल्म ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ ।
फिल्मका प्रमुख तीन कलाकार शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड गीतमा अरुणले प्रेमको पीडा पोखेका छन् । गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरे...














