प्रेमाको मन मनमा
आगामी चैत १७ गते रिलिज हुने फिल्म प्रेमाको रोमान्टिक गीत मन मनमा सार्वजनिक गरिएको छ।
गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द रचना तथा सुशान्तकै संगीत छ। गीतको भिडियोमा फिल्मका प्रमुख दुई पात्र अरुण क्षेत्री र शुभेक्षा खड्का फिचर्ड छन्। वसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धजस्ता आकर्षक पर्यटकीय क्षेत्रमा छायांकन...














