जनआदेशको अपमान गर्दै तानातान गर्दै कम्युनिष्ट नेताहरु
काठमाडौँ। अहिलेको संविधानमा संसद बिघटन गरेर मध्यावधि निर्वाचन गर्ने व्यवस्था नै छैन । विगतमा प्रधानमन्त्रीलाई संसद भङ्ग गर्ने अधिकार दिँदा राजनीतिक अस्थिरता बढेको निश्कर्षबमोजिम २०७२ को संविधानबाट उक्त व्यवस्था हटाइएको हो । यस्तो अवस्थामा संविधानको धारा ८५ उपधारा १ मा ‘प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ’ भनेर स्पष्ट किटान गरिएको छ । संविधानअनुसार आमनिर्वाचनपछि राष्ट्रपतिले बहुमतप्राप्त दलको...













