एनआरएनको लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार छ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार रहेको बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीका लागि उचित वातावरण बनिसकेकोले ढुक्क भएर लगानी भित्र्याउन आहृवान गर्दै लगानी भित्र्...














