राम स्याङ्गतान, सागर स्याङ्गतान र शारदा रसाइलीको स्वरमा दशैं गीत “चर्के पिङ्ग” आयो
काठमाण्डौ अशोज ०७ - नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहंदा अहिले यस चाड संग सम्बन्धित गीतहरु थुप्रै सार्बजनिक भैरहेका छन् । यसै भिडमा मान कुमारी लामाले पनि आफ्नो पहिलो सांगीतिक प्रस्तुतिको रुपमा "चर्के पिङ्ग" बोलको गीतलाई सार्बजनिक गरेकी छिन् । उनको यो पहिलो गीत भएता पनि नेपाली लोक तथा दोहोरी गीत संगीतका हस्तीहरु संग सहकार्य भएको हुनाले गीत निकै उत्कृष्ट बनेको छ । गीतलाई लय नाराय...














