कथाकार परशु प्रधानको निधन
काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । बानेश्वरस्थित निजी निवासमा गएराति उनको निधन भएको हो ।
उनको शव अहिले श्रद्धाञ्जलीका लागि राखिएको छ । उनका छोरा प्रतीक प्रधानका अनुसार विहान ९ः३० बजे पशुपति आर्यघाटमा अत्येष्टि गर्ने तयारी छ । भोजपुरमा वि.सं. २००० सालमा जन्मिएका स्वर्गीय प्रधानले ०१६ सालमा ‘जीवनपथ’ कविताबाट साहित्यक यात्रा आरम्भ गरेका थि...