विनय कसजू स्मृतिग्रन्थ लोकार्पण
काठमाण्डाै – वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजू स्मृतिग्रन्थ लोकार्पण भएको छ । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा आज एक कार्यक्रमकाबीच विनय कसजू स्मृतिग्रन्थ लोकार्पण भएको हो । स्मृतिग्रन्थ विनय कसजू स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो ।
कसजूको २०७६ साल मङ्सिर १० गते निधन भएको थियो । उहाँ नेपाली पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्ति हुनुहुन्थ्यो । ग्रामीण पत्रकारितालाई अघि...














