प्रियंका र आयुष्मानको बिहे
काठमाडौँ — अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिहीबार बिहे गरेका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले बिहेको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेका छन् ।
तस्बिरको क्याप्सन छ, 'मिस्टर एन्ड मिसेज' । अर्थात् आजबाट अभिनेत्री कार्की र जोशी श्रीमान श्रीमती भएका छन्। तस्बिरमा प्रियंकाले रातो साडीर आयुष्मान कालो सुट लगाएका छन् ।
प्रियंकाको ...