‘डाक्टर-नर्समाथि दुर्व्यवहार गर्ने प्रवृति अशोभनीय’ – वर्षा
संसारभर महामारीको रुपमा रहेको कोरोना भाइरसले नेपाललाई पनि थिलथिलो बनाएको छ । अर्थतन्त्र देखि मानव जिबनमा समेत यसले चुनौती दिएको छ ।यसबाट देशका हरेक क्षेत्र प्रभावित छन् । दिन-प्रतिदिन संक्रमितको संख्या बढ्दो छ ।
नियन्त्रणभन्दा बाहिर गइरहेको संक्रमणका कारण मानिसहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न हुन थालेको छ । भय र त्रासको यो समयमा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु भने रातदिन नभनि खटिरहेका छन् ...














