ऋचा लेख्छिन्–‘आफ्नै परिश्रमले कलाकार भएका हौं, कसैले महानायिका बनाइदिनु पर्दैन’
नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीको विवादको बिषयमा अहिले चलचित्रकर्मीले पनि मुख खोल्न थालेका छन् । आफ्नो टेलिभिजन कार्यक्रममा सुवेदीले ‘दारा भएका नायिकालाई हामीले महानायिका बनाइदिनुपर्ने’ भन्दै टिप्पणी गरेपछि यसको चर्को आलोचना भैरहेको छ ।
कुनै पनि व्यक्तिको शारीरिक बिषयलाई लिएर राष्ट्रिय टेलिभिजनमा टिप्पणी गरिनु दुखद कुरा भएको भन्दै चलचित्रकर्मीहरुले दुखेसो र आक्रोश व्यक्त गरिरहेका छ...














