तनावको बेला पटकपटक अनुहारमा हात किन पुग्छ ?
अक्सर हाम्रो हात कस्तो अवस्थामा अनुहारमा पुग्छ ? ख्याल गर्ने हो भने सजिलैसँग थाहा पाउन सकिन्छ । हामीहरू प्राय: चिन्तित वा निरास भएको बेला अनुहारमा हात राखेर झोक्राइरहेका हुन्छौँ । डराएका बेला हत्तनपत्त हातले अनुहार छोप्छौँ । रोएका बेला हात अनुहारमा नै पुगेको हुन्छ । रुँदा कि त अनुहार छोपिरहेका हुन्छौँ कि आँखा मिचिरहेका हुन्छौँ । लजाएको समयमा पनि अनायासै हाम्रो हात अनुहारमा पुगिसकेको हुन्छ। खुसी भए...














