कोरोना प्रभाव : ओस्कर, कान्सलगायत ठूला फिल्म फेस्टिभल पछाडि धकेलिने
काठमाडौँ — विश्व प्रख्यात ‘कान्स’ फिल्म फेस्टिभलको मिति अनिश्चितकालका लागि पछाडि धकेलिएको छ । कान्स मात्रै होइन, कोभिड–१९ को महामारीले विश्वभरका फिल्म फेस्टिभललाई असर पर्ने भएको छ ।
फिल्मकर्मीबीच प्रख्यात एकेडेमी अवार्ड (ओस्कार २०२१)को मिति पनि पछाडि धकेलिने चर्चा चल्न थालेको छ । हुन त एकेडेमीको ९३ औं संस्करण आगामी फेब्रुुअरी २८ मा तय भएको छ । कोरोना महामारीले गर्दा २०२० मा फिल्मको रिलिज ठप...














