‘लकडाउन’ ले फिल्म प्राविधिकलाई छाक टार्नै समस्या
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण केही नेपालीमा समेत देखिएपछि सरकारले दोस्रो पटक ८ दिनका लागि ‘लकडाउन’ को अवधि लम्ब्याएको छ । यो समयमा घरभन्दा बाहिर निस्कन नपाइने भएपछि ज्याला मजदुरी गरेर परिवार पाल्नेलाई आर्थिक संकट उत्पन्न भएको छ । मजदुरी गर्नेहरुलाई बिहान बेलुका हात मुख जोर्न नै समस्या हुन थालेको छ ।
कोरोनाको त्रासले एक महिनायता नेपाली फिल्मको छायांकनदेखि प्रदर्शनसम्म स्थगि...












