शैली थिएटरमा नाटक ‘विवाहको प्रस्ताव’ मञ्चन
गत शुक्रबारबाट शैली थिएटरमा नयाँ नाटक ‘विवाहको प्रस्ताव’को मञ्चन सुरु भएको छ । यो नाटकलाई नवराज बुढाथोकीले निर्देशन गरेका छन् । शैली थिएटर र रुसी सांकृतिक केन्द्रको प्रस्तुतीमा तयार भएको यो नाटक माघ १० गतेसम्म मञ्चन हुनेछ ।
यो नाटकले विवाहको लागि झुटो बोल्ने प्रचलनमाथि व्यङ्गय गरेको छ । रुसी साहित्यकार एन्टोन चेखबले लेखेको ‘दि म्यारिज पर्पोजल’लाई नेपालीकरण गरेर नाटकलाई तयार गरिएको छ । विवाह र व...











