७ विधामा ओस्कार जितेको यो फिल्ममा नायकको भूमिका अस्वीकार गरेका थिए दिलीप कुमारले
एजेन्सी । भारतीय फिल्म उद्योगका पहिलो मेगास्टार भनिएका दिलीप कुमार हालका दिनमा सम्पत्ती विवाद र स्वास्थ्यका कारण समस्यामा छन् । तर, कुनै बेला उनको नाममा बलिउड दिवाना थियो ।
अमिताभ बच्चदेखि शाहरुख खान जस्ता सुपर स्टार पनि दिलीप कुमारलाई आफ्नो आदर्श मान्छन् । ट्र्याजेडी किंगका नामले परिचित दिलीप कुमारको अभियन भारतमा मात्र होइन हलिउडमा पनि चर्चित थियो । हलिउडमा दिलीप कुमारसँग प्रभावित हुने मध्येक...














