नेपाल बार एशोसिएशन निर्वाचन : उपत्यका बाहिर महिला सदस्यमा विराटनगरकी कला त्रितालको उम्मेदवारी
विराटनगर : कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि चैत २३ गते देशभर मतदान हुँदैछ । बारको निर्वाचनमा सत्तारुढ कांग्रेस–एमाले निकट कानुन व्यवसायीहरुको संगठनले विजय मिश्रको नेतृत्वमा प्यानल बनाएका छन् । प्रतिपक्ष दल माओवादी केन्द्र निकट कानुन व्यवसायीले रमनकुमार श्रेष्ठको नेतृत्वमा ‘व्यवसायिक कानुन व्यवसायी समूह’ चुनावी मैदानमा छ । श्रेष्ठ पक्षले आफ्नो समूहमा व्यवसायिक...