अल्पविरामको लघुकथा सङ्ग्रह अनुभूतिका रङ्गहरू सार्वजनिक
पोखरा । साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रङ्गहरू’ लघुकथा सङ्ग्रह शनिबार पोखरामा लोकार्पण गरिएको छ ।
कृतिको लोकार्पण नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गरेका हुन् । आख्यानको एक चाटिलो विधाका रूपमा लघुकथा स्थापित भएको भन्दै सरुभक्तले मुक्तक र कवितामार्फत् विशिष्ट परिचय बनाइसकेका अल्पविरामको लघुकथाप्रतिको लगाव प्रशंसनीय रहेका बताए । उमेरको परिपक...












