आशिष र ऋतिकाको झ्याई झ्याई पञ्चे बाजाले सार्वजनिक
काठमाडौँ । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ लगायतका हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्याई झ्याई पञ्चे बाजाले’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा आशिषलाई गायिका ऋतिका श्रेष्ठले स्वरमा साथ दिएकी छन् ।
मंसिर महिना अझ त्यसमा पनि बिवाहको मौसम सुरु हुँदै गर्दा सार्वजनिक गीतले विवाहको यो मौसममा थप रौनकता थपेको छ । महेश आचार्यको...














