‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’लाई छानिए १० पुस्तक
काठमाडौं–पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’को उत्कृष्ट दश कृतिहरुको नामावली सार्वजनिक भएको छ ।
पुरस्कारको राशी ५० हजार रुपैँया रहेको छ । यो नामावली वर्षभरिमा नयाँ लेखकहरुले २०७७ सालमा प्रकाशन गरेका २७ पुस्तकबाट छानेको छ ।
ती पुस्तकहरुलाई साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार...