हङकङ साहित्यिक साझा शृङखलामा नयाँ नेतृत्व चयन, संयोजक रमण गुरुङ ,सह संयोजक गीता अधिकारी

हङकङ साहित्यिक साझा शृङखलामा नयाँ नेतृत्व चयन, संयोजक रमण गुरुङ ,सह संयोजक गीता अधिकारी
२८ अप्रिल २०२१ हङकङ । नरजित राई । हङकङ साहित्यिक साझा शृङखलाका संयोजक सुनिता गिरिको अध्यक्षतामा १०० औ साहित्यिक शृङ्खला तथा नवौ वार्षिक उत्सव २५ अप्रिल आइतबार २०२१ का दिन जोर्डनको बगैंचा पार्टी प्यालेस एण्ड रेस्टुरेन्टमा सम्पन्न भएको थियो । उक्त उत्सवमा हङकङ नेपाली महाबाणिज्यदुत उदय बहादुर राना मगर प्रमुख अतिथी र नेपाली महा संघ हङकङका अध्यक्ष टंक राना, एनआरएनए हङकङका अध्यक्ष टीका गुरुङ र सा...

सम्बन्ध तोड्नेहरुलाई ‘डन्ट डिभोर्स’ को सल्लाह

सम्बन्ध तोड्नेहरुलाई ‘डन्ट डिभोर्स’ को सल्लाह
के तपाईं आफ्ना प्रेमी,प्रेमिका, पति वा पत्नीसंग सम्बन्ध अन्त गर्ने मनस्थितिमा हुनुहुन्छ ? यसको सही जवाफ थाहा पाउन हाम्रा मित्र Ram Kumar लाई आज गते ११ बजे भेट्नुहोस् । भेटघाटको लागि प्रज्ञा भवनको पारिजात हलमा ब्यवस्था मिलाएका छौं । आफ्ना प्रेमी, प्रेमिका, पति वा पत्नीसँग सम्बन्ध अन्त गर्ने मनस्थितिमा पुग्नुभएकाहरूले अब त्यो बाटो रोज्न नपर्ने बताइएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज बिहान ...

‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’लाई छानिए १० पुस्तक

‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’लाई छानिए १० पुस्तक
काठमाडौं–पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’को उत्कृष्ट दश कृतिहरुको नामावली सार्वजनिक भएको छ । पुरस्कारको राशी ५० हजार रुपैँया रहेको छ । यो नामावली वर्षभरिमा नयाँ लेखकहरुले २०७७ सालमा प्रकाशन गरेका २७ पुस्तकबाट छानेको छ । ती पुस्तकहरुलाई साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार...

५१ वटा वल्र्ड रेकर्ड बनाए गीतकार उपाध्यायले

५१ वटा वल्र्ड रेकर्ड बनाए गीतकार उपाध्यायले
काठमाडौं नेपाली गीतकार डा. डि. आर (धर्मराज) उपाध्यायले गीत संगीतबाट विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने एक व्यक्तिको किर्तिमानी बनाएका छन् । विभिन्न फरक फरक शैलीका गीत,सँगीत तयार गरेर उनले विश्वका तीन दर्जन भन्दा बढी विश्व रेकर्ड संस्थाबाट ५१ वटा विधामा विश्व रेकर्ड बनाएर संसारलाई यो विधामा उछिनेका छन् । यस अघि विभिन्न ३२ विधामा गिनिज अफ वल्र्ड रेकर्ड सहित विभिन्न रेकर्ड बनाएका डा. ड...

‘नौटङ्की माया’ लोकार्पण

‘नौटङ्की माया’ लोकार्पण
ईटहरी । केशव रिमालद्वारा लिखित ‘नौटङ्की माया’ कथा सङ्ग्रह कृतिको लोकार्पण गरिएको छ । ईटहरीमा एक कार्यक्रमका बिच प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सो कथा संग्रहको लोकार्पण गरेका हुन् । विभिन्न ९ वटा कथा समावेश भएको कथा संग्रहका मौलिकतामा आधारित कथा समावेश भएको रिमालले बताए । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशन गरी बजारमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्र...

कथाः मेरी युनिसा

कथाः मेरी युनिसा
काठमाडौँ, यो नेपालको कहिल्यै चलमल नहटेको सहर । यस सहरको पनि रत्नपार्क क्षेत्र, जुन क्षेत्र नेपाल बन्द हुँदा पनि चुप बस्दैन । त्यहीँको अकासे पुलमा छु म । बिनाकारण घुम्न निस्किएको । घुम्न निस्किएको भनौँ कि धुलो खान । अकासे पुलबाट मेरो आँखा डुल्दै गर्दा एक्कासि वसन्तले गर्दा फुलेका फूलहरूले सजिएको पर्कमा पुग्यो । त्यतै जाऊँजाऊँ लाग्यो । पाइला त्यतै चल्यो । स्वागत गर्न आतुर गेटबाट भित्र छिर्नेब...

“समर्पण”

“समर्पण”
सक्छु अटाउन म तिमीले कोरेको सीमामा अहँ! नाघेर चार दिवार तोडेर जन्जिर त्यो गर्नेछैन प्रेमको उपहास बरु आफ्ना अभिलाषा सक्छु मेटाउन म तर सक्दिन तिम्रो मुहारमा कालो बादल देख्न।। खोपेर चट्टान जसरी उम्रिन्छ पिपलको बोट हो, त्यसैगरी उम्रनेछ प्रेमको पालुवा तिम्रो दिलमा र तिमी आफैले मलजल गरेर हुर्काउदै भन्नेछौं आऊ हेर! प्रिय यो प्रेमको फूलबारी।। तक्दिर बदल्न सक्दिन सोच त बदल्न सक्छु। ...

वयस्कहरू किन बालबालिकामाथि आँखा लगाउँछन् ?

वयस्कहरू किन बालबालिकामाथि आँखा लगाउँछन् ?
झण्डै तीन महिनाअघि ठमेलस्थित मनकामना गेष्टहाउसमा यौनशोषणको अभियोगमा रंगेहात पक्राउ परेका ब्रिटिस नागरिक क्रिस्टोफर आर फ्रेजर अहिले अदालतबाट धरौटीमा छुटेका छन् । उनीविरुद्ध जीउ मास्नेबेच्ने अभियोगमा काठमाडौं जिल्ला अदालतमा र यौनशोषणको अभियोगमा जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाइएको छ । पोखरामा ‘स्टारलाइट चिल्ड्रेन होम’ नामक गैरसरकारी संस्था खोली त्यसै संस्थाको माध्यमबाट क्...

जङ्गबहादुरसँग अङ्ग्रेज डराउँदा…

वि.सं. १९०५ पुस, तदनुसार डिसेम्बर २२ ता. १८४८ ई. का दिन प्रधानमन्त्री जंगले राजा सुरेन्द्रबाट राजगद्दी प्राप्त गरेको खुशीयालीमा एक भव्य शिकारको आयोजना गरे । यो शिकारमा राजा सुरेन्द्रका साथ जंगबहादुरसमेत नेपाल–भारत सिमाना पूर्वतराईको जंगल पत्थरघट्टातर्फ जाने भए । भर्खरै प्राप्त भएको सत्तामा अनेक विद्रोहीहरू थिए । कसैले विद्रोहको आँट नगरुन् भन्ने उद्देश्यले शिकारको आयोजना गरिएको थियो । साथै यस आय...

साहित्यकार मदन राई ‘लामाखुले’को ‘युरोप यात्राका सम्झनाहरू’ पुस्तक सार्वजनिक

साहित्यकार मदन राई ‘लामाखुले’को ‘युरोप यात्राका सम्झनाहरू’ पुस्तक सार्वजनिक
साहित्यकार मदन राई ‘लामाखुले’को ‘युरोप यात्राका सम्झनाहरू’ पुस्तक सार्वजनिक भएको छ । ‘सारांश नेपाल’ले काठमाडौंमा आयोजना गरेको समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्त कृति सार्वजनिक गर्नुभएको हो । पुस्तकको बारेमा डा. धनप्रसाद सुवेदी र श्रीओम श्रेष्ठ रोदनले समीक्षा गर्नुभएको थियो । खोटाङका निर्मलीडाँडा लामाखु गाउँमा जन्मिनुभएका ७१ वर्षीय लामाखुलेको यो चौथो कृति हो । यसअघि उह...