म मन्दिर हुँ मायाको कसैले तोडेर के भो – जानकी पन्त
म मन्दिर हुँ मायाको कसैले तोडेर के भो?
म एक्लै छु यो भिडमा कसैले छोडेर के भो?
म मुहान हुँ मायाको एक बाँध टुटेर के भो?
म पुजारी हुँ मायाको एक पुजा रुकेर के भो?
म तृप्ति हुँ आफ्नै तृष्णाको केहि पल तड्पेर के भो?
म उमंग हुँ आफ्नै मनको केहि रहर रुझेर के भो?
म सागर हुँ मायाको केहि जहर पिएर के भो?
म अनुरागी आफ्नै हृदयको फेरी यो मन दुखेर के भो?
म उपहार हुँ आफैमा कसैले नअपनाएर के भो?
म नजि...