अनुपमको उद्घोषण तालिम द्विशतक शृङ्खलामा
असार १७ गते
पोखरा । अनुपम म्युजिक पोखराले आफ्नो तालिमको २०० औँ शृङ्खला सम्पन्न गरेको छ ।
२०६७ सालदेखि औपचारिक रूपमा साङ्गीतिक गतिविधि र उद्घोषण तथा भाषणकलासम्बन्धी तालिम सञ्चालन गर्दै आएको संस्थाले त्यसअघि २०६२ देखि अनौपचारिक रूपमा यस्ता गतिविधि सञ्चालन गर्दै आएको प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए । २०० औँ शृङ्खला सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा न...














