बहाव निर्देशक भन्छन् – नेपाली फिल्मको आफ्नै भिज्युअल ल्याङगवेज हुनुपर्छ
आगामी चैत २४ गतेबाट सुरक्षा पन्त स्टारर फिल्म ‘बहाव’ रिलिज हुँदैछ । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ ।
भारतको मुम्बई डिजिटल फिल्म एकेडेमीका पास आउट प्रमोद ‘बहाव’बाट उत्साहित छन् । प्रमोदले फिल्ममा पारिवारिक मनोभावको कथालाई पात्रमार्फत प्रस्तुत गरेको बताए ।
‘फिल्मले एउटा परिवारमा रहेका बाबुछोरीको मनोभावलाई प्रस्तुत गरेको छ । हामीले चितवनको मध्यम परिवारको कथालाई देखाएका छौँ । यो कथाल...














