हरिवंश आचार्यको पूरा नहुने एउटा सपना
चरित्रमा विविधता पस्कन सक्ने अब्बल क्षमताका कलाकार हुन्, हरिवंश आचार्य । टेलिसिरियल होस् अथवा फिल्म, उनले डनदेखि पुलिससम्म र गरिबदेखि धनाड्यसम्मको भूमिका निभाइसकेका छन् । अभिनयको हिसाबले उनको सम्झनलायक फिल्म ‘बलिदान’ मानिन्छ । यो कोटीमा फिल्म ‘महापुरुष’ पनि थपिएको छ । यस फिल्ममा निभाएको चरित्रका कारण अहिले आचार्य चर्चामा छन् ।
प्रायः हरेक कलाकारलाई आफ्नो जीवनकालमा कुनै विश्व प्रख्यात व्यक्तिको ...














