सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव
विराटनगर, २६ वैशाख
सुनवर्षी नगरपालिकाका लागि सदानन्द यादव कुनै नौलो मान होइन । उनी आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका छन् ।
युवा अवस्थादेखि नै राजनीतिमा सकृय रहेका यादव सुनवर्षी नगरमा स्वच्छ छवी भएको नेताको रुपमा आफ्नो परिचय बनाएका छन् । युवा अवस्थादेखिनै सामाजिक क्षेत्रमा सक्रिय रहेका उनले समाजमा कसैलाई दुख पर्दा सधै अगाडी बढेर सहयोग गर्दै ...














