तेस्रो नेपालआइस मिस उर्लाबारी २०२२ को उपाधि दिया दाहाललाई
उर्लाबारी। नेपालआईस मिस उर्लाबारी २०२२ को तेस्रो संस्करणको उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन्। सोमबार साँझ होटल ग्रान्डमा सम्पन्न फाइनल राउण्डमा प्रमुख निर्णायक भिषण राईले सोधेको प्रश्नको उत्तरमा " आगामी स्थानीय निर्वाचनमा महिला ससक्तिकरण, रोजगारी र शिक्षा प्रदान गर्न पहल गर्न सुझाब दिनुपर्छ" भन्ने सटिक उत्तर दिदै उनले टप ५ बाट मिस उर्लाबारीको ताज पहिरिएकी हुन्।
उनले नेपालआइस म...














