मुन्द्रेको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’को छायांकन सुरु
मुन्द्रे नामले परिचित जितु नेपालको मुख्य भूमिका रहेको फिल्म 'ह्यारीकी प्यारी'को छायांकन सुरु भएको छ। सोमबार पर्वतको एक मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो।
रोमान्टिक कमेडी जनरामा बन्ने उक्त फिल्मको निर्देशन कपिल रिजालले गर्दैछन्। फिल्ममा जितु र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहने छ। जितु र साम्राज्ञीबाहेक विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, डिल्ली खनाललग...














