सुशीलले शरीर मात्र बनाउने हुन् ?
अभिनेता राजेश हमालको युगदेखि नेपाली फिल्ममा हिरोको एउटा मानक स्थापित भयो । त्यसबेला अग्लो कद, आकर्षक अनुहार, वजनदार आवाज र सुगठित शरीर भएकोलाई मात्र हिरो मानिन्थ्यो । यो मानकभित्र नपर्नेलाई न दर्शकले हिरो मान्थे न मेकरले नै हिरो बनाउन जोखिम उठाउँथे । तर, दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीलगायतले यो मानकको पर्खाल भत्काएका छन् ।
अहिले दर्शकले अभिनयको आधारमा कलाकारको मुल्यांकन गर्न थालेका छन् ...