पारिश्रमिकमा नयाँलाई नहेपौं , चलेकाले निर्मातालाई नमारौं
लक डाउन अगाडि नेपाली चलचित्रको निर्माणको गति विस्तारै कम हुँदै थियो । धेरै निर्माता चलचित्र नै बनाउन नसक्ने अवस्थामा थिए । चलचित्र निर्माणको ग्राफ घट्नुको कारण के थियो त ? यसमा दुई कारण मुख्य जिम्मेवार थिए । एक त चलचित्रको व्यापार कमजोर हुँदै जानु । जसलेगर्दा, लगानीकर्ताको आकर्षण चलचित्र क्षेत्रमा घट्दै गैरहेको थियो ।
अर्को, कलाकारको पारिश्रमिक चर्किदा निर्माताले लगानी नै गर्न नसक्नु । यसैले पन...