नेपाल बीमा प्राधिकरण कोशी कार्यालयद्वारा रक्तदान कार्यक्रम सम्पन्न
विराटनगर,बैशाख ३१ । नेपाल बीमा प्राधिकरणले आफ्नो ५७औं वार्षिकोत्सवको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी मोरङ च्याप्टरसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रम बुधबार सम्पन्न भएको हो।
नेपाल रेडक्रस सोसाइटी मोरङ च्याप्टरका सभापति सुकदेव मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता, सर्भेयरलगायतको उ...














