विवाहपछि सफल अभिनेत्रीहरू

विवाहपछि सफल अभिनेत्रीहरू
काठमाडौं। विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन्। यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा समेत पुगेका छन्। ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि फिल्ममा काम पाइँदैन भन्ने बुझाइलाई समेत ती अभिनेत्रीले गलत सावित गरेका छन्। सदाबहार अभिनेत्रीको परिचय बनाएकी करिश्मा मानन्धरले विवाहपश्चा...

अभिनेत्री सुरक्षा पन्त भन्छिन् ‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ

अभिनेत्री सुरक्षा पन्त भन्छिन् ‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ
काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सुरक्षाले प्रेमी, विद्रोही र साइको किसिमको चरित्रमा अभिनय गरेकी छन् । फिल्मको सार्वजनिक ट्रेलरमा सुरक्षालाई सुँगासँग संवाद गरेको र सुँगाको निकट रहेको देख्न सकिन्छ । चितवनमा फिल्मको दुई महिने वर्कसप र सुटिङ चल्दा सुरक्षा सुँगासँग बढी नजिकिइन् । ‘म सुँगासँग दुई महिना वर्कसपमा...

धुर्मुसको आग्रह – ‘मलाई पलपल नमारिदिनुस्’

धुर्मुसको आग्रह – ‘मलाई पलपल नमारिदिनुस्’
कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे स्पस्टिकरण दिएका छन्। धुर्मुस-सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे धुर्मुसले स्पस्टिकरण दिएका छन्। धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहेका उनले आफूमाथि लागेको आरोप र क्रिकेट रंगशालाबारे स्पस्टिकरण दिएका हुन्। यस्तै उनले, रंगशालाबारे छि...

चलचित्र चेतना स्वदेशीले बढाए कि विदेशीले?

चलचित्र चेतना स्वदेशीले बढाए कि विदेशीले?
काठमाडौं। अशोक शर्मा नेपाली चलचित्रमा निर्माता, निर्देशक, कलाकार, वितरकलगायतको विधामा काम गर्छन्। विसं २०५० को चैत महिनामा उनले निर्माण गरेको चलचित्र ‘ट्रक ड्राइभर’ हिट भएपछि कलाकारसहित उर्लाबारीस्थित सूर्य टाकिजमा पुगे। पाँच सय सिट रहेको चलचित्र भवनमा एक हजार पाँच सयभन्दा बढी दर्शक थिए। गर्मीको महिना भएकाले बेलाबखतमा दर्शक बेहोस पनि हुने गर्थे। “बेहोस भएर हल बाहिर ल्याएको दर्शक होसमा आउना स...

शोभितको जय हो सुरु

शोभितको जय हो सुरु
काठमाडौं । चलचित्र निर्माता निर्देशक शोभित बस्नेत यतिबेला नयाँ चलचित्र ‘जय हो’को टिम लिएर पोखरातर्फ लागेका छन् । उनले आफ्नो यो चलचित्रको छायांकन पोखरा र मुस्ताङमा गरिने भएको छ । चलचित्रको युनिट आइतबार पोखरा लागेको हो । त्यहाँ केही दिन छायांकन गरेर मुस्ताङ जाने निर्माता बस्नेतले बताएका छन् । फिल्म जय होका निर्माता शोभित बस्नेत हुन् । यो सिनेमाको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच औपचारिक र...

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने
काठमाडौं। नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले दर्शकमा पुर्‍याइने जानकारी दिए। “मैले तेलुगु चलचित्रमा काम गरेको छु। त्यहाँका दर्शकलाई लक्षित गर्दै स्वराङ्कन गरिएको छ। यद्यपि नेपालमा भने नेपाली भाषामा मात्र प्रदर्शन हुनेछ”...

पुस्तक सम्पादक पारस र रोयल पुरस्कृत, लक्ष्मण र विमल सम्मानित,

पुस्तक सम्पादक पारस र रोयल पुरस्कृत, लक्ष्मण र विमल सम्मानित,
काठमार्डाैं, २ चैत चार जना सम्पादक (कपी एडिटर)लाई साहित्यिक पत्रकार संघले सम्मानित तथा पुरस्कृत गरेको छ । संघको स्थापना भएको ५० वर्षको अवसरमा गत २०७९ साउन २९ बाट विभिन्न कार्यक्रम आयोजना सहित स्वर्ण महोत्सव मनाईँदै आएको छ । स्वर्ण महोत्सवको अवसरमा संघले बुधबार काठमाडौंमा एक समारोहबीच दुई जना पुस्तक सम्पादकलाई सम्मानित र दुई जना पुस्तक सम्पादकलाई पुरस्कृत गरेको छ । संघबाट सम्मानित हुने पुस्तक स...

कलाकार संघको अध्यक्षमा मोहन निरौला र रोजिन उप्रेती उम्मेदवार

कलाकार संघको अध्यक्षमा मोहन निरौला र रोजिन उप्रेती उम्मेदवार
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको यही आउँदा ४ चैतमा हुने निर्वाचनले नयाँ कार्यसमिति तीन वर्षका लागि चयन गर्दै छ । संघको सो निर्वाचनका लागि अध्यक्षमा दुई जना कलाकारहरु मोहन निरौला र रेजिना उप्रेतीले शनिबार उम्मेदवारी दिएका छन् । यी दुबै जना अध्यक्षका उम्मेदवार हाल संघमा उपाध्यक्षको रुपमा रहेका छन् । आ आफुले राम्रो काम गर्दै आएको दाबी सहित दुबैले अध्यक्षको पदमा उम्मेदवारी दिएका हुन् । संघका हालक...

आजको राशिफल : वि.सं. २०७९ फाल्गुन २९ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ फाल्गुन  २९ गते सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ।रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।प्रतिष्ठित काम गर्ने मौका छ । वृष–प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फ...

‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ सार्वजनिक

‘बहाव’को पहिलो गीत ‘यो मनरोग’  सार्वजनिक
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ आइतबार सार्वजनिक भएको छ । गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको म्युजिक प्रोडक्सन छ । गीत फिल्मकी प्रमुख पात्र सुरक्षा वरपर घुमेको छ । उनलाई गीतको भाव अनुसार प्रस्तुत गरिएको छ । गीतको दृश्य पृष्ठभूमिमा पानीको बहावलाई राखिएको छ । गीतमा सुरक्षालाई ...