भृकुटी मण्डपमा सुरु भयो राष्ट्रिय दोहोरीगीत प्रतियोगिता, ६१ टोलीबीच प्रतिस्पर्धा
काठमाडौं, १६ चैत
‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ बुधबारबाट काठमाडौं भृकुटीमण्डप बँगौचामा सुरु भएको छ । अर्थ मन्त्रालयका सचिब मधुकर मरासिनी, बरिष्ट लोक गायक कुमार बस्नेतले यो प्रतियोगिताको बुधबार उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै अर्थ सचिब मरासिनीले एक समय गाउँमा गाईने लोक दोहोर गीत अहिले शहरमा पनि त्यत्तिकै प्रचलित भएको बताए । नेपालको मौलिक लोक सँगीतको र...














