‘डिनर’ भन्दै अनैतिक सम्बन्धको प्रस्ताव राख्थे : शर्लिन चोपडा
एजेन्सी : फिल्म उद्योगमा ‘कास्टिङ काउच’ को घटना बाहिर आइरहन्छन् । हालै बलिउडकी अभिनेत्री चित्रांगदा सिंह र अभिनेता आयुष्मान खुराना समेत यसको शिकार भएको समाचार बाहिरिएको छ ।
यसैबीच, बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले कास्टिङ काउचको अनुभवको बारेमा बताएकी छिन् । उनले आफ्नो करियरको शुरुवाती दिनहरुका बारेमा बताउँदै काउस्टिङ काउचको शिकार भएको खुलासा गरेकी हुन् ।
उनले करियरको शुरुवातमा फिल्म न...














