प्रदिप यस्तो सर्तमा अनमोलसंग काम गर्न तयार
भनिन्छ ठुला ठुला कलकारहरुलाई एकसाथ पर्दामा ल्याउनु फलामको चिउरा चपाउनु जस्तै हो । एकअर्कासंगको प्रतिष्पर्धा , पारिश्रृमिक र स्टारडमको लडाईका कारण पनि चर्चित नायकहरु एक अर्कासंग काम गर्न त्यती खोज्दैनन् । गरी हाले पनि गेस्ट अपिरियन्समा चाहे त्यो हलिउड होस या फेरी बलिउड । त्यसो त चर्चित नायकहरु एकसाथ कामै नगरेका भने चाही छैनन् । जस्तो की कुनै समय राजेश हमाल , निखिल उप्रेती र बिराज भट्ट एक अर्काका प्...