फिल्म ‘ए साथी सुन’को शीर्ष गीत
काठमाडौं, फागुन ८ गते । वर्षा सिवाकोटी र रमेश बानियाँ अभिनीत फिल्म ‘ए साथी सुन’को शीर्ष गीत सार्वजनिक भएको छ । रोमान्स र थ्रिलर विषयवस्तुमा बनेको यो फिल्म चैत १० गतेबाट प्रदर्शन हुने तयारीमा छ ।
सुरज अधिकारीको सङ्गीत तथा रविना मगरको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर छ । गीतको भिडियोमा रामजी लामिछानेले नृत्य निर्देशन गर्नुभएको हो ।
फिल्ममा आयन खड्का, सुशील पोखरेल, जयनन्द ल...














