‘डीडीएलजे’मा ‘राज’को भूमिका गर्न किन चादैनथ्य साहरुख ?

‘डीडीएलजे’मा ‘राज’को भूमिका गर्न किन चादैनथ्य साहरुख ?
चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ बर्ष भयो । सन् १९९५ अक्टुबर २० मा रिलिज भएको यो चलचित्रले नायक साहरुख खानलाई ‘रोमान्सका वादशाह’ नामले परिचित गराइदियो । नायिका काजोल र नायक साहरुख खानको जोडी सर्वाधिक रुचाइएको जोडी बन्न पुग्यो । तर, जतिबेला नायक साहरुख खानलाई निर्देशक आदित्य चोपडाले यो चलचित्रको अफर गरेका थिए, सो समयमा साहरुख यो चलचित्रमा काम गर्ने सोचमा थिएनन् । साहर...

११ र १२ का विद्यार्थीले फिल्म पढ्न पाउने

११ र १२ का विद्यार्थीले फिल्म पढ्न पाउने
नेपालमा पहिलो पटक विद्यालयको पाठ्यक्रममा फिल्म समेटिएको छ । आउँदो शैक्षिक सत्रदेखि ११ र १२ कक्षामा फिल्म र डकुमेन्ट्री विषयको पढाई हुने भएको छ । चलचित्र विकास बोर्डले आधारभूत तहदेखि नै फिल्म पढाउने तयारी अन्तिम चरणमा पुगेको बताए पनि पाठ्यक्रम विकास केन्द्रले आउँदो शैक्षिक सत्रदेखि ११ र १२ कक्षामा मात्र फिल्म पढाइने जानकारी दिएको छ । पाठ्यक्रम विकास केन्द्रका अनुसार, ११ र १२ कक्षामा फिल्म र डकु...

करिश्माले खाजा खाएको बिस्कुट जब विज्ञापन बन्यो

करिश्माले खाजा खाएको बिस्कुट जब विज्ञापन बन्यो
नेपाली फिल्ममा करिश्मा मानन्धर जति सफल अभिनेत्री सम्भवतः अरु छैनन् । ९० को दशकमा उनी निर्विकल्प अभिनेत्री झैँ थिइन् । उनको अनुहार पोस्टरमा राखे फिल्म सफल हुने विश्वास निर्माता तथा निर्देशकमा थियो । २०४२ सालमा बनेको फिल्म ‘सन्तान’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले हिन्दी फिल्म ‘दंगा फसाद’ मा समेत आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् । पछिल्लो पटक फिल्म ‘हिरोज्’ मा देखिएकी करिश्मा मानन्ध...

फ्लोरमा ‘चोर र पुलिस’

फ्लोरमा ‘चोर र पुलिस’
काठमाडौं – फिल्म ‘चोर र पुलिस’को छायांकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायांकन सुरु भएको हो । काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको गीत ‘कुन देश कि परी..’ बाट छायांकन सुरु गरेको थियो । गीतको छायांकन कालिन्चोक आसपासका स्थानमा गरिएको हो । गीतमा अभिनेत्री कविता राय, अ...

नित्याशिवाको आवाजमा सत्य घटना मा आधारित” तिम्रो यादमा” भिडियो सार्वजनिक ।

नित्याशिवाको आवाजमा सत्य घटना मा आधारित” तिम्रो यादमा” भिडियो सार्वजनिक ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल शर्माको गीत अनि राजु लामा को संगीत रहेको ”तिम्रो यादमा पिउदैछु ”को नाटकीय रुपान्तरण सहितको म्युजिक भिडियो हाइलाइट्स नेपाल बाट सार्वजनिक गरिएका छ । धन सम्पती को लोभमा परेर परिवार त्यागे पछि को वेदना लाई यस भिडियोमा प्रस्तुत गरिएकोछ । मीन अधिकारी ,रबि खडका र अमृता मगरको अभिनय मा कृष्ण पाण्डे को छायांकन ,प्रेम शर...

बेनिशा र मुकुनको ‘भाँडाकुटी’ घोषणा

बेनिशा र मुकुनको ‘भाँडाकुटी’ घोषणा
चलचित्र ‘भाँडाकुटी’को घोषणा गरिएको छ । शनिबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यसको निर्माणपक्षले चलचित्र निर्माणको घोषणा गरेका हो । यो चलचित्रमा नायिका बेनिशा हमाल र नायक मुकुन भुषालको मुख्य भूमिका रहनेछ । यो चलचित्रको छायांकन फागुणबाट वुटवलमा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैबाहिक परिवेश र सामाजिक परिस्थितीको कथामा निर्माण हुन लागेको चलचित्रलाई किरण बीकले निर्देशन गर्दैछन् ।...

फिल्म नचल्दै जम्यो प्रकाश र केकीको जोडी

फिल्म नचल्दै जम्यो प्रकाश र केकीको जोडी
फिल्म रिलिज कहिले कहिले ? जोडी जम्यो अहिले भने जस्तै भयो त है । अभिनेत्री केकी अधिकारी र गायक र अभिनेता प्रकाश सपुतले फिल्ममा काम गरेका छन् । दुइले काम गरेको फिल्म हो परदेशी २ । यो फिल्मको काम अधुरो छ । फिल्मलाई कोरोनाले प्रभाव पारेको हो । फिल्म रोकिएपछि प्रकाश र केकीको जोडी फिल्ममा कस्तो देखिन्छ भनेर भन्न पाइएन । किनभने, यो फिल्म रिलिज नै भएको छैन । फिल्म बनेर रिलिज हुँदा लाग्छ समय अझै । फि...

सुशीलले शरीर मात्र बनाउने हुन् ?

सुशीलले शरीर मात्र बनाउने हुन् ?
अभिनेता राजेश हमालको युगदेखि नेपाली फिल्ममा हिरोको एउटा मानक स्थापित भयो । त्यसबेला अग्लो कद, आकर्षक अनुहार, वजनदार आवाज र सुगठित शरीर भएकोलाई मात्र हिरो मानिन्थ्यो । यो मानकभित्र नपर्नेलाई न दर्शकले हिरो मान्थे न मेकरले नै हिरो बनाउन जोखिम उठाउँथे । तर, दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीलगायतले यो मानकको पर्खाल भत्काएका छन् । अहिले दर्शकले अभिनयको आधारमा कलाकारको मुल्यांकन गर्न थालेका छन् ...

सेल्फ कन्ट्रोल गर्न फिल्म मेकिङ पढेँ : बेनिशा हमाल

सेल्फ कन्ट्रोल गर्न फिल्म मेकिङ पढेँ : बेनिशा हमाल
राष्ट्रिय चलचित्र पुरस्कार विजेता बेनिशा हमाल पछिल्लो पटक हरर फिल्म ‘घर’ मा देखिएकी थिइन् । यो फिल्म प्रदर्शन भएपछि उनी फिल्म मेकिङको अध्ययन गर्न मुम्बई हानिइन् । कोरोनाका कारण अध्ययन रोकिएपछि लकडाउन हुनुभन्दा एक हप्ता अगाडि मात्र उनी नेपाल आएकी थिइन् । अध्ययनका कारण ६ महिना मुम्बई बसेकी उनी अब अभिनयलाई निरन्तरता दिँदैछिन् । ‘घर’ पछि अभिनेत्री हमालले एक वर्ष कुनै फिल्म साइन गरिनन् । जसका कारण...

सुरु भयो ‘ए मेरो हजुर ४’को छायांकन

सुरु भयो ‘ए मेरो हजुर ४’को छायांकन
कोरोनाका कारण विगत ७ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन शनिबार घटस्थापनादेखि सुरु गरिएको छ । घटस्थापनाबाटै चलचित्र ‘आई एम ट्वान्टी वान’को पनि छायांकन सुरु भएको थियो । चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले शनिबारबाट चलचित्रको छायांकन सुरु भएको जानकारी दिए । उनले भने–‘अब हामी फुलपातीसम्म चलचित्रको छायांकन गर्छौ । यसपछि, पूर्णिमापछि फेरि चलचित्रको काम गर्नेछौ । उनले...