गायिका काब्य आचार्यको तीज गीत “दिलमा सजाउछु” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली सुगम संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता क्रियासिल गायिका काब्य आचार्यले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७६ लाई लक्षित गर्दै “दिलमा सजाउछु” बोलको गीत भर्खरै सार्बजनिक गरेकी छिन् । उनले यस अगिका बर्षहरुमा पनि केहि तीज गीतहरुमा आफ्नो स्वर भरिसकेकी छिन् । बिगतमा काब्य द्वारा स्वरबद्ध गीतहरुमा एक बिबाहित नारीको यथार्थ जिबन भोगाई समाबेश भएका हुन्थे भने यस बर...














