हरियाली प्रडक्सन सुर्यविनायक युट्युब च्यानल मार्फत तीज गीत फोटो खिचेर, भाग २, बजारमा
काठमाण्डौ भाद्र ०९ / यस वर्षको तीज नजिकिंदै गर्दा बजारमा तीजका गीतहरु बग्रेल्ती निस्किएका छन् । तीजका गीतमा चेलीका सुख, दुःख, बेदनाहरु तथा समाजमा महिलाले भोगेका कुरा विभिन्न ढंगले प्रस्तुत गर्ने गरिन्छ तर पछिल्लो समय तीज भनिने गीतमा विषय तीजको हुन छोडेको छ । एल्वमको नाम तीजको सम्झना गराउने हुन्छ भने गीत भने फरक खालको हुने गरेको छ । यसैलाई ख्याल गर्दै आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ फोटो ख...














