“धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” को भब्य तयारी
काठमाडौं / नेपाल - “श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन्” भन्ने मुलनारा सहित धौलागिरी साँस्कृतिक समितिको आयोजनामा यहि भदौ २५ गते राजधानीमा “धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” सम्पन्न हुने भएको छ ।
सो कार्यक्रम काठमाडौंको नयाँ बसपार्क स्थित बीजी ब्यांक्वेटमा यही भदौ २५ गते दिनको १२ : १५ बजे सुरु हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ । सो का...














