प्रताप र एन्जिलाको ‘प्रेमिका’मा बद्री बिस्ट र रियाषा दाहाल (भिडियो )
चर्चित डान्स स्टुडियो ''डी वाक''को निर्माणमा बनेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रताप दास र गायिका एन्जिला रेग्मीको आवाज र मिस्टर आरजेको र्यापमा सजिएको गीत 'प्रेमिका'मा डी पी खनालको शब्द र भिम बि सी को संगीत रहेको छ । बद्री बिस्ट र रियाषा दाहालको मुख्य अभिनय तथा नृत्य रहेको भिडियोमा डी वाक र नेपाली ठिटोज टिमले साथ दिएका छन ।
बद्री बिस्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज...